किशोरमैत्री चार संस्था

बैतडी / रास– बैतडीका चारओटा स्वास्थ्य संस्थाहरूले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको प्रमाणपत्र पाएका छन् । किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका सूचकहरू पूरा गरेपछि स्वास्थ्य संस्थाहरूलाई प्रमाणीकरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले जानकारी दिए । किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका नौ ओटा राष्ट्रिय मापदण्डहरू पूरा गरेपछि सिद्धेश्वर, भौनेली, शर्माली र कुवाकोटलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका रूपमा प्रमाणीकरण गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए ।