६४ प्रतिशत राजस्व संकलन

राजधानी संवाददाता  / धनगढी

कैलाली भन्सार कार्यालयले आर्थिक वर्षको फागुन मसान्तसम्म ६४ प्रतिशत राजस्व संकलन गरेको छ ।  भन्सार कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा ३ अर्ब ८७ करोड ९९ लाख ५१ हजार रुपैया“ लक्ष्य लिएकोमा फागुनसम्ममा २ अर्ब ४९ करोड ९१ लाख १८ हजार रुपैया“ राजस्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।

कैलाली भन्सार कार्यालयलाई विगतको तुलनामा चालू आर्थिक वर्षका लागि राजस्व संकलन लक्ष्य निकै बढाएर दिइएको छ । भन्सार कार्यालयलाई गत आर्थिक वर्ष २०७३÷७४ को तुलनामा चालू आर्थिक वर्ष २०७४÷७५ का लागि राजस्व संकलन लक्ष्य ५४ प्रतिशत बढी निर्धारण गरिएको थियो ।

लक्ष्य वृद्धि गरेर दिएका कारण कार्यालयलाई लक्ष्य प्राप्त गर्न कठिनाई भएको भन्सार कार्यालयका प्रमुख गोपीकृष्ण उप्रेतीले बताए । गत आर्थिक वर्ष कैलाली भन्सार कार्यालय कैलालीलाई २ अर्ब ८ करोड ९१ लाख ६० हजार रुपैया“ राजस्व संकलन लक्ष्य दिइएको थियो ।

गत आर्थिक वर्षमा कैलाली भन्सार कार्यालयले तोकिएको राजस्व संकलन लक्ष्यमा शतप्रतिशतभन्दा बढीले राजस्व संकलन गरेको जनाएको छ । सो कार्यालयले गत आर्थिक वर्षमा २ अर्ब ११ करोड ४५ लाख ६० हजार रुपैया“ राजस्व संकलन गरेको थियो ।

कार्यालयले आर्थिक वर्ष २०७४÷७५ को साउन र भदौ महिनामा तोकिएको लक्ष्य प्राप्त गर्न सकेको छैन । कार्यालयले दिएको तथ्यांकअनुसार असोज महिनामा सबैभन्दा बढी राजस्व संकलन गरेको छ । सो महिनामा कार्यालयले लक्ष्यभन्दा १२५ प्रतिशत बढीले राजस्व संकलन गरेको छ ।

कार्यालयले साउन महिनामा २७ करोड १५ लाख ९६ हजार लक्ष्य दिएकोमा १९ करोड ४३ लाख ५१ हजार अर्थात् ७१ दशमलव ५६ प्रतिशत राजस्व संकलन गरेको थियो ।

भदौमा २१ करोड ९६ लाख २५ हजार, असोजमा ३४ करोड १८ लाख १४ हजार, कात्तिकमा ३३ करोड ७२ लाख ४९ हजार, मंसिरमा ३६ करोड ७९ लाख ३८ हजार राजस्व संकलन गरेको छ ।

त्यस्तै, पुसमा ३४ करोड ४ लाख ५७ हजार, माघमा ३३ करोड ९६ लाख ६३ हजार र फागुनमा ३५ करोड २७ लाख ३० हजार राजस्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।

कैलाली भन्सार नाकाबाट हाई स्पिड डिजेल, पेट्रोल, बिस्कुट, सिमेन्ट, कागज, ग्या“स, खाद्यान्न, खैनी, पत्थर कोइला, ग्लेज टाइल, चकलेट, सवारीसाधन तथा स्पेयर पाटर््सलगायतका सामान आयात भइरहेका छन् ।

भन्सार प्रमुख उप्रेतीका अनुसार कार्यालयले पेट्रोलियम पदार्थबाट ४० प्रतिशत, बिस्कुटबाट ७ प्रतिशत, टायल्स, मार्बल, ट्रयाक्टर, खाद्यान्नलगायत अन्यबाट बाँकी राजस्व संकलन गर्ने गरेको छ । उनले भन्सार कार्यालयबाट चिनी आयात भएको नदेखिएको बताए ।

भन्सार प्रमुख उप्रेतीले कैलाली भन्सार कार्यालयबाट निर्यात हुने सामान न्यून रहेको बताए । उनका अनुसार कैलाली भन्सारबाट खयार, कित्था मात्र निर्यात भइरहेको छ । प्रदेश ७ लाई जडीबुटी उत्पादनमा राम्रो प्रदेश मानिएको छ ।

प्रदेशको कैलाली भन्सार र महेन्द्रनगर भन्सार कार्यालयमा जडीबुटीको परीक्षण गर्ने स्थान नहु“दा यस क्षेत्रमा उत्पादन भएका जडीबुटीहरू नेपालगन्ज भन्सार हु“दै भारत निकासी हुने गरेको छ । भन्सार प्रमुख उप्रेतीले यस प्रदेशका लागि कुनै एक स्थानमा जडीबुटी परीक्षण केन्द्र राख्नुपर्ने माग गरे ।

उनले यस क्षेत्रमै उत्पादन हुने सामानहरू पनि भारतबाट आयात भइरहेको बताए । ‘सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न नीति, योजना बनाउन जरुरी छ,’ उनले भने, ‘भन्सार कार्यालयले आयातलाई रोक लगाउन सक्दैन ।’

उनले कुनकुन वस्तु स्थानीय उत्पादन हुन् ? त्यसबारे सरकारलाई जानकारी गराएर विशेष योजना बन्नुपर्ने बताए ।