मुक्तिनाथ बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा मानन्धर

काठमाडौं / रास– मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धरले पदबहाली गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट एमबीए गरेका मानन्धर यो बैंकमा पदबहाली गर्नुअघि प्रभु बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनको विभिन्न वाणिज्य बैंकमा १७ वर्ष लामो कार्यानुभव रहेको पनि बैंकले जनाएको छ ।