रिलायन्स लाइफको बाल जीवन योजना

काठमाडौं / रास– रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ वर्ष २०७५ सालको अवसरमा ग्राहकका लागि ‘मेरो मुटु बाल जीवन बिमा’योजना ल्याएको छ । एक महिनाको उमेरदेखि नै बालबालिकाको बिमा गर्न सकिने तथा प्रस्तावक र बालबालिका दुवैको जीवन रक्षावरण एकैसाथ हुनु यस योजनाको सौन्दर्य रहेको पनि कम्पनीले जनाएको छ ।

यस योजनाको अन्य विशेषताका रूपमा परिपक्वता पाइने सुविधाका साथै बिमा अवधिभरी प्रस्तावकको कुनै पनि कारणले मृत्यु वा दुर्घटनामा परी स्थायी अशक्तता भएमा सो घटनापश्चात्को बाँकी सबै बिमा शुल्क मिनाहा हुनुका साथै बिमांक रकमको १ प्रतिशतका दरले हुन आउने रकम आयका रूपमा बिमा अवधीभरी हरेक महिना प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।

बिमा योजनाको सञ्चालनसँगै कम्पनीले पाँचवटा जीवन बिमा योजनाबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको र निकट भविष्यमा थप तीनवटा बिमा योजना ल्याउने तयारीमा रहेको जनाएको छ ।

रिलायन्स लाइफ सिद्धार्थ बैंक र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो  । यसको कुल पुँजी २ अर्ब १० करोड र चुक्ता पुँजी १ अर्ब ४७ करोड रहेको छ । सोमध्ये बाँकी रहेको ६३ करोडको साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ ।