यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’ योजना

राजधानी समाचारदाता / काठमाडौं

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले यामाहाको स्कुटर खरिदमा ‘रिसेल प्रोमिस’ अर्थात् ‘पुनर्बिक्रीय वाचा’ घोषणा गरेको छ । यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पाउनेछन् ।

यसका साथै स्कुटर किनेको १२ महिनादेखि १८ महिनाको अवधिमा एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो स्कुटरको मूल्यांकन पहिलेको खरिद मूल्यको ७० प्रतिशत पाउनेछ ।

१८औं महिनादेखि २४औं महिनामा यामाहाका दुईपांग्रेसँग एक्सचेन्ज गर्न चाहने स्कुटरधनीले ६५ प्रतिशत मूल्यांकन पाउनेछन् भने यामाहाको ‘रिसेल प्रोमिस’ १ चैतदेखि स्कुटर खरिद गर्ने सबै ग्राहकले पाउने पनि कम्पनीले जनाएको छ ।

एमएडब्लू इन्टरप्राइजेज यामाहा डिभिजनका बजार प्रमुख प्रदीप पोखरेलले यामाहाका स्कुटर स्टाइलिस र कम्फर्टेबल मात्र नभई रिसेल प्रोमिस ग्यारेन्टी गरिएको जानकारी दिएका छन् । यामाहाले ६ वर्षअघिदेखि नेपालमा स्कुटर भिœयाउन थालेको थियो । यो छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको छ ।

डिजाइन र प्रविधिमा यामाहाको नवीनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित छ । यामाहाको इन्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल मात्र नभई हरेक राइडलाई आरामदायी र रोमाञ्चकारीसमेत बनाउने दाबी गरेको छ ।

यामाहाले नयाँ वर्ष २०७५ सालको अवसरमा ‘आमन्त्रण’ नामको ग्राहक योजना ल्याएको थियो । यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउने र त्यसमा ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र शतप्रतिशतसम्म ‘क्यास ब्याक’ पाउने पनि विज्ञप्तिमा उल्लेख छ ।