सीतामैयाको धुनमा प्रियंकाको अभिनय

काठमाडौं / रास– सितारवादक सीतामैया राजचलले आफ्नो सितार धुनलाई भिडियोका रूपमा उतारेर दर्शकमाझ ल्याएकी छन् । हालै बजारमा ल्याएको ‘जर्नी अफ फ्रेट्स’ धुनमा संगृहीतमध्ये एउटा धुनलाई उनले भिडियोमा उतारेर बजारमा ल्याएकी हुन् ।

उनको रोज गार्डेन धुनको भिडियोमा प्रियंका कार्की, देव राउत र सर्वेश सुवालले अभियन गरेका छन् । भिडियोमा प्रकाश तुलाधरको सम्पादन र बुद्ध थापाको छायांकन छ । भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । भिडियोलाई प्रतिमा थापाले निर्माण गरेकी हुन् ।

 धुन रोज गार्डेनको संगीत र संगीत संयोजन जुगल डंगोलको हो । यो धुनको गितारमा अनुप दास, बाँसुरीमा नगेन्द्र राई, तबलामा लक्ष्मीप्रसाद डंगोल र मुर्चुंगामा थोमस बर्ची छन् ।