वसन्तको सांगीतिक यायावर

काठमाडौं / रास– गीतकार वसन्त थाम्सुहाङले आफ्नो दोस्रो गीतिसंग्रह ‘यायावर’ स्रोतामाझ ल्याएका छन् ।राजधानीमा एक समारोहबीच गीतकारहरू रत्नशमशेर थापा, दिनेश अधिकारी, चूडामणि देवकोटा, श्रवण मुकारुङ, संगीतकार आभाष, ईश्वर बल्लभलगायतले संयुक्त विमोचन गरे ।

संग्रहका गीतमा भीषण मुकारुङ राई, भविन ढुंगाना, झुमा लिम्बू, कर्मा ग्याल्छेन बम्जन, लसिमित राईको स्वर छ । जसमा अम्बर गुरुङ, शान्ति ठटाल, पारस मुकारुङ र आभाषले संगीत दिएका छन् ।

यो गीतिसंग्रहमा यायावर…, न मर्नु न बाँच्नु…, प्रणयका ती पलहरू…, किन आज…, आफ्नै मुहार…, ए चन्द्रमुखी… र नसोध साथी… जस्ता गीत छन् ।विमोचन कार्यक्रममा गीतिसंग्रहको शीर्ष गीत यायावर…को भिडियो पनि रिलिज गरियो ।  विज्ञान राई निर्देशित भिडियोमा नाट्यकर्मी राजन खतिवडाले अभिनय गरेका छन् ।