महँगा अभिनेताका असफल फिल्म

डब्बु क्षत्री / काठमाडौं

अभिनेता सौगात मल्ल हरेक चलचित्रमा आफूलाई पृथक् चरित्रमा प्रस्तुत गर्न सक्ने कलाकार हुन् । आफूलाई दिएको भूमिकालाई उनी पूर्ण न्याय गर्छन् । उनका चलचित्र हेर्ने क्रममा दर्शकले खोट लगाउँदैनन् । दर्शक सौगातको अभिनय राम्रो भएको बताउँछन् । तर, एकपछि अर्को गर्दै सौगात मल्लका चलचित्रले बजार लिन छाडेका छन् । आफ्नो चलचित्र नचल्नुको कारण अभिनेता सौगात स्वयंले बुझ्न सकेका छैनन् । २०७४ सालमा सौगातका पाँचवटा चलचित्र बजारमा आए । उनले अभिनय गरेका पाँच चलचित्रमध्ये फाटेको जुत्ताले आफ्नो लगानी सुरक्षित ग¥यो । बाँकी चार चलचित्र लालपुर्जा, झ्यानाकुटी, पञ्चेबाजा र संरक्षण व्यावसायिक रूपमा असफल भए । प्रतिचलचित्र कम्तीमा १० लाख पारिश्रमिक लिने यी अभिनेता महँगा नायककै सूचीमा पर्छन् । तर, व्यापारिक रूपमा उनका चलचित्र असफल सिनेमाको सूचीमा एकपछि अर्को थपिँदै गएका छन् ।

फरक चरित्र निर्वाह गरे पनि एकसाथ धेरै चलचित्र खेल्नु र एकपछि अर्को चलचित्र रिलिज हुनुले पनि सौगात व्यावसायिक रूपमा असफल भइरहेका छन् । राम्रो अभिनेता भएर पनि यसरी एक पछि अर्को चलचित्र असफल हुनु निर्माण पक्षका लागि मात्र नभएर अभिनेताका लागि पनि घातक पक्ष हो । यसरी, नेपाली चलचित्र क्षेत्रमा बहुचरित्र निर्वाह गर्ने कलाकारहरू व्यावसायिक सिनेमा दिने क्रममा चुक्दै गएका छन् । २०७४ सालको व्यावसायिक आँकडा हेर्ने हो भने बहुचरित्र निर्वाह गर्ने कलाकारहरूकै सिनेमा एक पछि अर्को गर्दै असफल भएका छन् । रंगमञ्चमा आफ्नो पृथक् परिचय स्थापित गरेर सिनेमामा विविध चरित्र निर्वाह गरेका यस्ता कलाकारका चलचित्र नचल्नु नेपाली दर्शकहरूले कस्ता सिनेमा चाहने गरेका छन् भन्ने प्रस्ट्याएको छ ।

अभिनेता विपिन कार्कीको अवस्था पनि त्यही छ । विपिनले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाउने गरेका छन् । तर, पछिल्लो समय उनले पनि निर्मातालाई आफ्नो सिनेमाबाट खुसी पार्न सकेका छैनन् । नेपाली चलचित्र वृत्तमा महँगा अभिनेताका रूपमा विपिन कहलिएका छन् । प्रतिचलचित्र १८ लाखदेखि २० लाखसम्म उनले लिने गरेको चर्चा छ ।

२०७४ सालमा विपिनका दुईवटा महŒवाकांक्षी सिनेमा आए । तर, यी दुवै व्यावसायिक रूपमा पूर्ण असफल भए । उनको चलचित्र लालपुर्जा धेरैले आस गरेको सिनेमा थियो । यो चलचित्रका कारण उनले केही समीक्षकबाट सगरमाथालाई पनि होच्याउने प्रशंसासमेत पाए । तर, चलचित्र दुई दिन पनि हलमा नकिट्दा निर्माताले उनलाई दिएको पारिश्रमिक पनि उठेन । फिल्म पूर्ण असफल हुँदा निर्माताको १ करोड बढी रकम डुब्यो ।

विपिनकै अर्को चलचित्र नाका पनि २०७४ मै रिलिज भयो । यो चलचित्रसमेत राम्ररी चलेन । यसरी विपिनका दुईवटै महŒवाकांक्षी सिनेमा २०७४ मा आसफल भए । यसरी उनी असफल हुनुमा राम्रो चलचित्र र चलचित्र निर्माण टिम छान्न नसक्नु देखिन्छ ।

अभिनेता दयाहाङ राई पनि पछिल्लो समय धेरै चलचित्र अभिनय गर्ने कलाकारमा पर्छन् । चलचित्रमा विविध चरित्र दिन नसकेको आरोप उनीमाथि छ । यी अभिनेताको २०७४ मा ६ चलचित्र रिलिज भएकामा तीनवटा चलचित्र व्यावसायिक रूपमा पूर्ण असफल रह्यो । उनले अभिनय गरेको चलचित्र त्यान्द्रो र लालटिन फ्लप भयो । उनको अर्को चलचित्र नेप्टेले पनि अहिले सिनेमा हलमा पर्याप्त दर्शक पाउन सकेको छैन । तथापि, उनले अभिनय गरेका बाँकी तीन फिल्म कान्छी, घामपानी र मिस्टर झोलेको व्यापार प्रशंसनीय रह्यो । वर्षमा ६ वटासम्म फिल्म दिनसक्ने दयाहाङको तीनवटा सिनेमाले साख जोगाएको छ ।

एउटा चलचित्र खेल्दा २० लाखसम्म पारिश्रमिक माग्न थालेका दयाहाङ पनि धेरै भन्दा धेरै असफल सिनेमा प्रस्तुत गर्ने होडमा छन् । यसरी चलचित्रको गुणस्तर भन्दा संख्या बढाउने अभिनेताको सूचीमा उनी पनि पर्न थालेका छन् । रंगमञ्चबाट नेपाली चलचित्रमा आएका र निकै आशा गरिएका दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, अर्पण थापा जस्ता थुप्रै अभिनेता व्यावसायिक सिनेमा दिने क्रममा वर्षैपिच्छे चुक्दै गएका छन् ।

रंगमञ्च र ठूलो पर्दाका दर्शकबीच प्रस्तुत गरिने अभिनयका ताŒिवक भन्नतालाई बुझ्न नसक्दा पनि रंगमञ्चबाट आएका यी अभिनेता ठूलो पर्दामा असफल हुँदै गएको देखिन्छ ।