स्नातकोत्तर भर्ना शुल्क निर्धारण

राजधानी समाचारदाता / काठमाडौं

त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषद्ले आंगिक तथा सम्बन्धप्राप्त मेडिकल कलेजमा शैक्षिक सत्र २०७४÷७५ का लागि बेसिक साइन्स र जनस्वास्थ्यमा (एमडी, एमडीएस, एमएस) स्नातकोत्तर तह अध्ययनका लागि सिट संख्या तोकेको छ । जसअनुसार त्रिविवि शिक्षण अस्पताल महाराजगन्जका लागि एमडी, एमडीएस, एमएस ८७ सिट, दन्त चिकित्सा तथा बेसिक साइन्समा १८ सिट, इन्टरनल मेडिसिन, प्रसुती तथा जनरल प्राक्टिस र जनरल सर्जरीलगायतमा १०÷१० सिट तोकेको छ । परिषद्ले सिट संख्यामात्रै नभई एमडी, एमडीएस र एमएसमा स्नातकोत्तर तहको भर्ना शुल्क २२ लाख, बेसिक साइन्सतर्फको शुल्क १२ लाख ३ हजार र जनस्वास्थ्यतर्फ १० लाख ९१ हजार रुपैयाँ पनि तोकेको छ ।सम्बन्धनप्राप्त मेडिकल कलेजमध्ये चितवन मेडिकल कलेजलाई ४४ र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ४६ सिट दिएको छ ।