इन्धनमा फेरि मूल्यवृद्धि

काठमाडौ / रास– नेपाल आयल निगमले सोमबार राति देखि लागू हुने गरी पेट्रोलियम पर्दाथको मुल्यवृद्धि गरेको छ । सोमबार बसेको निगम सञ्चालक समितिले मूल्यवृद्धिको निर्णय गरेको हो ।निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्यवृद्धि गरिएको छ ।अब पेट्रोल प्रतिलिटर १०५ बाट १०६ रुपैया पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ८५ बाट ८७ रुपैयाँ पुगेको छ ।इन्डियन आयल कर्पोरेसनबाट मुल्य बढेर आएकाले नेपालमा पनि मूल्य बढाउनु परेको पनि गोइतले बताए ।