पीएसजी लिग वान च्याम्पियन

पेरिस / एजेन्सी– पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान च्याम्पियन बन्न सफल भएको छ । यस सिजनको लिग वान च्याम्पियन बन्ने क्रममा पीएसजीले साविकको विजेता मोनाकोलाई ७–१ को फराकिलो अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई फराकिलो जित दिलाउन एन्जल डि मारिया र जियोभानी लो सेल्सोले दुई तथा एडिन्सन काभानी र जुलियन ड्राक्सलरले समान एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । रोनी लोपेसले एक गोल फर्काएका थिए । मोनाकोविरुद्ध फराकिलो जितसँगै पीएसजीले मोनाकोलाई १७ अंकले पछि पार्दै उपाधि जितेको हो । योसँगै पीएसजीले छैटौं सिजन फ्रेन्च लिग फुटबलको उपाधि जित्न सफल भएको छ । गत वर्ष भने मोनाकोले पीएसजीलाई पछि पार्दै १७ वर्षपछि लिगको उपाधि जितेको थियो । पाँच खेलअघि नै फ्रेन्च लिगको उपाधि जित्ने क्रममा पीएसजीले ३३ खेलबाट ७८ अंक जोडेको छ । पराजित मोनाकोको ७० अंक रहेको छ ।