चालकको मृत्यु

बागलुङ / रास– बागलुङ नगरपालिका–१० भकुण्डेको गलुवामा ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको छ । भकुण्डेबाट बागलुङ बजारतर्फ आउँदै गरेको ध१त २८ को ट्याक्टर गत आइतबार साँझ बागलुङ–कुस्मिसेरा सडकखण्डको गलुवामा दुर्घटना हुँदा ट्याक्टर चालक बागलुङ–१० भकुण्डेका २३ वर्षीय दलबहादुर थापाको ज्यान गएको हो । दुर्घटनामा परी ट्याक्टरका सहचालक रहेका काँठेखोला गाउँपालिका–७ रेशका ओमबहादुर थापा घाइते भएका छन । ट्याक्टरमा हात च्यापिएको अवस्थामा रहेका घाइते थापालाई प्रहरीको सहयोगमा स्काभेटर प्रयोग गरी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए ।