अभियुक्त सार्वजनिक

नेपालगन्ज / रास– बाँके प्रहरीले एक थान कटुवा पेस्तोल र तीन राउन्ड गोलीसहित नियन्त्रणमा लिइएको दुई जनालाई सार्वजनिक गरेको छ । जानकी गाउँपालिका–६ गनापुरबाट जिल्ला प्रहरी कार्यालय बाँके र संघीय प्रहरी एकाइ कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीको संयुक्त टोलीले गत आइतबार राति पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गनापुरका ३६ वर्षीय प्रमोदकुमार चमार र ३३ वर्षीय शोभाराम यादव रहेको संघीय प्रहरी एकाइ कार्यालय नेपालगन्जका प्रहरी नायब उपरीक्षक प्रमोदकुमार सिंहले जानकारी दिए । चमारलाई शंका लागेर जाँच गर्ने क्रममा उनको साथबाट पेस्तोल र गोली बरामद गरिएको उनले बताए ।