अन्तिम किस्ता पुसमा

दोलखा / रास– प्रतिनिधिसभाका सांसद जीपछिरिङ लामाले भूकम्पपीडितहरूले अन्तिम किस्ताको रकम आगामी पुस मसान्तमा पाउने गरी सरकारले म्याद थपेको बताएका छन् ।

नेपाली कांगे्रसका केन्द्रीय सदस्यसमेत रहेका लामाले भूकम्पपीडित नागरिकको पीडामा मलम लगाउने काममा खटिरहेकाले राज्यलाई दबाब दिई सदनमार्फत सो निर्णय गराउन बाध्य बनाएको दाबीसमेत गरेका छन् ।

नेपाली कांगे्रस वैत्यश्वर गाउँपालिकाद्वारा आयोजित स्वागत तथा नयाँ वर्ष २०७५ को शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित जनप्रतिनिधिलगायत  नेपाली कांगे्रसका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सांसद लामाले सो कुरा बताएका हुन् ।

जिल्लामा भूकम्पबाट मृत्यु भएका १७४ जनालाई जनही १५ हजारसमेत वितरण गरेको नेपाली कांगे्रसका पूर्वपार्टी सभापति उद्धवराज काप्mलेले जानकारी दिए । जिल्लाका ६२ हजार भूकम्पपीडितमध्ये ९६ प्रतिशतले अनुदान सम्झौता गरेका छन् । जिल्लाका ९५ प्रतिशतले पहिलो किस्ता, ६२ प्रतिशतले दोस्रो किस्ता र २७ प्रतिशतले तेस्रो किस्ताको रकम बुझेको पुनःनिमार्ण कार्यालय दोलखाका प्रमुख सागर आचार्यले जानकारी दिए ।