खेलकुद क्षेत्रमा देखिएका सबै विसंगति र विकृतिको अन्त्य हुन्छ

खेलकुद क्षेत्रमा देखिएका सबै विसंगति र विकृतिको अन्त्य हुन्छ

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले नेपाली खेलकुदलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्दै केही समय अघि मात्र १०० दिनमा कार्य गर्ने ३७ बुँदा सार्वजनिक गरेका छन् । त्यसैगरी, इन्डोनेसियाको जकार्तामा १९ अगस्टदेखि  २ सेप्टेम्बरसम्म हुने १८औं एसियन गेम्सको तयारी भइरहेको छ भने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आयोजना नेपालले गर्ने तयारी गरिरहेको छ । त्यसैगरी, युवा तथा साना व्यवसायी स्वरोजगार कोष परिचालनको विषयमा समेत मन्त्री सुनारले प्रभावकारिताको विषय उठाउनुभएको छ । यिनै विषयमा केन्द्रित रहेर युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मासँग राजधानी दैनिकका लागि रामसूदन तिमल्सिनाले गरेको कुराकानी :

जगतबहादुर सुनार विश्वकर्मा, युवा तथा खेलकुदमन्त्री

युवा तथा खेलकुद मन्त्रालय धेरैको रुचिमा पर्दैन । तपाईंले कस्तो अनुभव गरिरहनुभएको छ ?

युवा तथा खेलकुद मन्त्रालय प¥यो भन्दा सुरुमा मन रमाएको अवस्था थिएन । शपथग्रहण गर्नुभन्दा करिब २ घन्टाजति अघि मात्र मलाई यो मन्त्रालय प¥यो भन्ने थाहा पाएको थिएँ । यस मन्त्रालयमा मेरो आवश्यकता देखेर नै प्रधानमन्त्रीले जिम्मेवारी दिनुभएको होला भन्ने लाग्यो । तर संयोग कस्तो प¥यो भने जिम्मेवारी बहाली गरे लगत्तै नेपालीलाई नै खुसियाली बनाउने समाचार आयो । नेपालले क्रिकेटमा अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त ग¥यो । त्यसपछि तत्काल मैले यो देशको प्रष्ठिासँग कसरी जोडिएको क्षेत्र रहेछ भनेर बुझ्ने मौका पाएँ । पहिलो पाइलामा नै यो खुसी आएपछि ममा उत्साह थपियो । त्यसपछि मैले नेपालको खेलकुदको समृद्धिका लागि केही गर्नुपर्छ भन्ने प्रण गरेर यसमा लागेको छु ।

तपाईं आफैं खेलकुदमा कुनै समय निकट रहनुभएको थियो की ?

म युवाकालदेखि नै राजनीतिमा सक्रिय रहें । २२ वर्षको उमेरमा नै गाविस उपाध्यक्ष भएर काम गरेको थिएँ । खेल्ने उमेरमै सामाजिक आन्दोलनमा होमिएका कारणले गर्दा पनि मैले खेलकुदमा आफ्नो समय व्यथित गर्ने अवसर पाइनँ । तर अहिले आएर बुझ्दै छु, प्रत्येक मानिसका लागि खेलकुद कति आवश्यक छ भनेर । आफैं खेल क्षेत्रमा सम्बद्ध भएर यसको मर्म प्राप्त गर्न सकेको थिइनँ । अहिले यो मन्त्रालय सम्हाल्ने अवसरले यो महŒवपूर्ण कुरा बुझ्ने मौका पनि मिलेको छ ।

यो अवधिमा खेल क्षेत्रलाई कसरी बुझ्नुभयो ?

अहिले मलाई खेलकुदमा बढी रुचि जागेको छ । खेल क्षेत्र वास्तवमा फराकिलो क्षेत्र रहेछ । यो देशको प्रतिष्ठासँग जोडिएको क्षेत्र पनि रहेछ । जनताको शारीरिक र मानसिक स्वास्थ्यका हिसाबले पनि खेल क्षेत्र निकै महŒवपूर्ण रहेछ । हामीले खेल संस्कृतिको विकास गर्नुपर्ने रहेछ भन्ने निष्कर्षमा आज म पुगेको छु । समृद्ध मुलुक निर्माणका लागि चाहिने स्वस्थ नागरिक बनाउनका लागि योगदान दिने क्षेत्रका रूपमा पनि यसलाई लिन सकिन्छ । त्यसैगरी अन्य मुलुकसँगको सम्बन्धलाई सुमधुर बनाउनका लागि पनि खेलकुद बलियो माध्यम बन्ने रहेछ । समृद्ध भएका मुलुकसँग हामीले प्रतिस्पर्धा गरेर जित्न सक्ने क्षेत्र नै खेलकुद हो । देशको पहिचान, प्रतिष्ठान र गौरवको विषय मात्र होइन सबैलाई नेपाली बनाएर एउटै मालामा उन्न सक्ने क्षेत्र खेलकुद रहेछ । कतिपय अवस्थामा द्वन्द्व समाधानको माध्यम पनि खेलकुद रहेछ । सुशासन, विकास र समृद्ध मुलुका लागि खेलकुदको महŒव बढी नै छ । जबसम्म हामीले खेलक्षेत्रमा समृद्ध हासिल गर्न सक्दैनौं तबसम्म समृद्धको लक्ष्य पनि पूरा गर्न सकिँदैन भन्ने निष्कर्षमा म पुगेको छु ।

देशका समृद्धिसँग खेलक्षेत्रलाई कसरी जोड्न सकिन्छ ?

देशका नागरिक शारीरिक र मानसिक रूपमा स्वस्थ्य, सबल र सुदृढ नभएसम्म हामीले कसरी देशको विकास र समृद्धिको कल्पना गर्न सक्छौं ? यो सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य लिएको छ । यो लक्ष्य हासिल गर्नका लागि पनि खेलकुद क्षेत्रबाट महŒवपूर्ण योगदान गर्न सक्ने सम्भावनाको आधार र अवसरहरू रहेका छन् । साहसिक खेलका लागि नेपालको भुगोल प्रकृतिले उपहारका रूपमा दिएको छ । अरू देशमा यस्तो भौगोलिक संरचना, हावापानी पाउन गाह्रो छ । त्यसैगरी हाइ अल्टिच्युटका लागि नेपाल विश्वकै उत्कृष्ट क्षेत्र हो । यी कुराको समुचित ढंगबाट उपयोग गर्न सक्यौं भने यसका लागि उचित वातावरण बनाउन सक्यौं भने खेल पर्यटन वा साहसिक पर्यटकमार्फत आर्थिक समृद्धिका लागि पनि यो क्षेत्रले योगदान दिने कुरा रह्यो । त्यसैगरी विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामार्फत पनि हामीले वैदेशिक मुद्रा आर्जन गर्न सक्ने सम्भावना रहन्छ । न्युटन जोनका रूपमा हामीले खेलकुदका स्पर्धाहरू गराएर पनि आर्थिक लाभ लिन सक्ने सम्भावना रहेछन् ।

यी सम्भावनाहरूका लागि नेपालमा पूर्वाधार तथा नीतिहरूको अभाव देखिन्छ । यस्तो अवस्थामा यो कुरा गर्नु त कल्पना जस्तो मात्र भएन र ?

हो हामीले आवश्यक भौतिक पूर्वाधार तयार गर्न सकेका थिएनौं । समय समयमा आवश्यक प्रतियोगिताहरू सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार नभएका कारण त्यसका लागि उपयुक्त वातावरण नभएका कारण ती सम्भावनाहरूबाट हामीले फाइदा लिन सकेनौं । अब त्यो हुँदैन । नेपालको यो भौगोलिक संरचनालाई सदुपयोग गर्दै आर्थिक समृद्धिमा कसरी योगदान दिन सकिन्छ भनेर हामी अध्ययन गरिरहेका छौं । अर्काे कुरा यी सम्भावनालाई हासिल गर्ने हिसाबले राज्यको तर्फबाट खेलकुद क्षेत्रमा जति लगानी हुनुपर्ने हो त्यो लगानी भएको देखिँदैन । कुल बजेटको १ प्रतिशत पनि युवा तथा खेलकुद मन्त्रालयको बजेट छैन । जब राज्यको लगानी नै छैन भने प्रतिफलको कसरी आशा गर्न सक्छौं । हिजोका आवश्यकता र बाध्यता अरू हुन सक्छन् तर अब स्थिर सरकार छ, देश र जनताको समृद्धिका लागि बनेको सरकार छ । त्यसैले, यो सरकारले सम्भावनाका सबै ढोकाहरू खोल्नेछ । त्यसका लागि वातावरण तयार गर्नेछ ।

नेपाली खेलकुदमा गर्नुपर्ने धेरै काम बाँकी छ । भनेपछि तपाईंको कार्यकालमा यी चुनौतीहरू समाधान हुन्छन् भनेर भरोसा गर्ने अवस्था छ ?

राज्यको स्रोत साधनको सीमितताको कारणले पनि हिजो जुन हिसाबले खेलकुद क्षेत्रको विकास हुनुपर्ने थियो त्यो नभएको हो । उचित वातावरण नभएका कारण खेलाडीले खेलकुदमा आफ्नो भविष्य देख्न नसकेका हुन् । देशको प्रतिष्ठाका लागि खेलिरहेका खेलाडीसमेत त्यस क्षेत्रमा लागेर आफ्नो भविष्य सुनिश्चित गर्न नसक्नु विडम्बना नै हो ।
त्यसैगरी, भौतिक पूर्वाधारको हिसाबले हाम्रो खेलकुद निकै पछाडि छ । आज खेलकुद प्रतिस्पर्धा र पदकका लागि मात्र होइन । सबैका लागि खेलकुद भन्ने भावनाबाट अगाडि बढ्नुपर्ने अवस्था छ । त्यसका लागि खेलकुद कल्चर विकास गर्दै सम्पूर्ण नागरिकलाई स्वस्थ बनाउनका लागि हामीले धेरै काम गर्नुपर्ने अवस्था छ । टोल टोलमा बालकदेखि वृद्धासम्मलाई स्वस्थ बनाउन व्यायामका लागि पर्याप्त खेल मैदान आवश्यक रहन्छ । खेलाडीको सेवा सुविधा, खेल्ने वातावरण, खेल क्षेत्रका विवादका साथै भौतिक पूर्वाधारका चुनौती हाम्रासामु छन् । यो चुनौतीलाई काम गर्ने अवसरका रूपमा लिएर आगामी दिनमा सरकारले खेलकुद क्षेत्रमा महŒवपूर्ण उपलब्धि हासिल गर्छ । त्यसमा हामी लागि परेका छौं ।

देशमा ठूलो जनसंख्या युवाको छ । जुन देशको सम्पत्ति हो । पाखुरा चलाउने सक्ने युवा ऊर्जालाई समेत हामीले स्वदेशमा काम गराउन सकेको अवस्था छैन । यो सरकारबाट युवाहरू के अपेक्षा गर्न सक्छन् ?

हाम्रो समृद्धिको लक्ष्य पूरा गर्नका लागि देशमा भएको युवालाई राष्ट्र निर्माणको अभियानमा परिचालन गर्न सकेनौं भने यो समृद्धिको लक्ष्य हासिल गर्न सक्दैनौं । विकासका लागि चाहिने श्रम शक्ति युवामा छ । राज्यलाई चाहिने दक्ष जनशक्ति पर्याप्त छैन । यो देश निर्माणका लागि दक्ष जनशक्ति आजको आवश्यकता हो । त्यसैले, हामीले युवालाई स्वदेशमा नै काम गर्ने वातावरण देश निर्माणमा लाग्ने वातावरण तयार गर्नेछौं । सरकारको प्राथमिकतामा त्यो रहेको छ । त्यसका लागि ती युवाहरूलाई विभिन्न सिप ज्ञान दिएर दक्ष बनाउने ।
अर्को के देखिएको छ भने तालिम, शिक्षा ,ज्ञान, सिप, प्राविधिक ज्ञान हासिल गरेका युवाहरू पनि विदेश पलायन भएको अवस्था छ । उनीहरूलाई कसरी रोक्ने भन्ने चुनौती छ । उनीहरूलाई आकर्षण गर्ने कार्यक्रम राज्यले दिन सकेन भने ती युवा यहाँ टिक्ने अवस्था रहँदैन । उनीहरूले यहाँ भविष्य देख्नु प¥यो । त्यसका लागि पनि हामीले यस्ता कार्यक्रम ल्याउनुपर्ने अवस्था छ । आगामी बजेटमा त्यस्ता कार्यक्रम ल्याउनका लागि पनि मन्त्रालयले कार्य गरिरहेको छ । त्यसैगरी युवाहरूमा देशभक्तिको भावना जागृत गराउँदै चरित्रवान, नैतिकवान, संस्कारयुक्त बनाउने हिसाबले पनि सरकारले कार्य गर्ने
सोचेको छ ।  युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत दक्ष युवालाई पुँजी उपलब्ध गराई उद्यमी बनाउने कामलाई पनि हामीले प्राथमिकता दिनेछौं ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट उपलब्ध गराउने सहुलियत ऋण लक्ष्य समुदायमा नपुगेको भन्ने आलोचना भइरहेको छ । अब यसलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा यहाँको योजना के छ ?

कोषले लिएको लक्ष्य, उद्देश्य र मर्म अनुरूप विगतमा यो जसरी कार्यान्वयनमा जानुपर्ने थियो । त्यसका केही कमीकमजोरी भएको देखिन्छ । स्थानीय तहमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरेर सामाजिक आर्थिक रूपान्तरणका लागि युवाहरूलाई स्वरोजगार बनाउन आवधिक सौलियत दरमा ऋण उपलब्ध गराउने यो कोषको लक्ष्य छ । तर लक्षित समूहमा नपुग्ने भन्ने छ । विभिन्न वित्तीयक संस्था तथा सहकारीमार्फत कोष परिचालन गर्दा पनि पहुँच भएका आफैं पुँजी जुटाउन सक्ने युवाको हातमा पुगेका केही उदाहरण पनि आएका छन् । कतिपय अवस्थामा सहकारीले कोषको ऋण लिएर आफ्नो सदस्यलाई नै लगानी गर्दै बढी मुनाफा दिएको भन्ने पनि छ । यसको प्रभावकारी अनुगमन र नियमन गर्ने संयन्त्र निर्माण गरी आगामी दिनमा लक्षित समुदायमा कोषको ऋण पु¥याउनेछौं ।

ऋण लिने झन्झटिलो प्रक्रियालगायतका कारण यसतर्फ युवाको आकर्षण पनि कम रहेको भन्ने पनि छ नि ?

यसलाई झन्झटमुक्त बनाई युवालाई आकर्षित गर्ने विषयमा हाम्रो पनि ध्यानाकर्षण भएको छ । त्यसैगरी २ वा ५ लाख रुपैयाँबाट कतिपय व्यवसाय सुरु गर्न सक्ने अवस्था नरहेकाले त्यसमा पनि वृद्धि गर्ने विषयमा हामीले सोच बनाइरहेका छौं । युवा परिषद्को माध्यमबाट युवाको प्रतिभालाई पहिचान गर्ने र उनीहरूलाई राष्ट्र निर्माणको अभियानमा परिचालित गर्ने र उनीहरूका लागि चाहिने पुँजी पनि उपलब्ध गराउने उद्देश्य छ ।

अहिले मलाई खेलकुदमा बढी रुचि जागेको छ । खेल क्षेत्र वास्तवमा फराकिलो क्षेत्र रहेछ । यो देशको प्रतिष्ठास“ग जोडिएको क्षेत्र पनि रहेछ । जनताको शारीरिक र मानसिक स्वास्थ्यका हिसाबले पनि खेल क्षेत्र निकै महŒवपूर्ण रहेछ

हाम्रो समृद्धिको लक्ष्य पूरा गर्न देशमा भएका युवालाई राष्ट्र निर्माणको अभियानमा परिचालन गर्न सकेनौं भने यो समृद्धिको लक्ष्य हासिल गर्न सक्दैनौं

स्थानीय तहमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरेर सामाजिक आर्थिक रुपान्तरणका लागि युवाहरूलाई स्वरोजगार बनाउनका लागि आवधिक सौलियत दरमा ऋण उपलब्ध गराउने यो कोषको लक्ष्य छ

खेलकुद क्षेत्रमा सुशासनको प्रत्याभूति गराउने दिशातर्फ हामी कटिबद्ध छौं । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नेछौं

यहाँले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि धेरै कुरा राख्नुभयो तर यी कुराहरू बजेटबाट सम्बोधन हुने सम्भावना कत्तिको
देख्नुभएको छ ?

अहिले योजना आयोगले सिलिङ दिएको छ । त्यो सिलिङ घटेर आएको छ । हामीले गर्न खोजेका विषय धेरै छन् । चुनौतीहरू धेरै छन् । तर हामीसँग स्रोत साधन घटेर आएको छ । यसलाई अझै कसरी व्यवस्थित गर्न सकिन्छ भनेर हामीले पनि सु्झाव दिएका छौं । अर्थमन्त्रालयले पनि यस विषयमा पक्कै ध्यान दिन्छ भन्ने हामीलाई आशा छ ।

यतिबेला नै जकार्ता एसियाडमा सहभागिता जनाउनुपर्नेछ । १३औं दक्षिण एसियाली खेलकुदका लागि पूर्वाधार तयार गर्नुपर्ने अवस्था छ । बजेटको सिलिङ घट्दा यसमा प्रभाव पर्दैन ?

सिलिङभित्रै रहेर कुरा गर्दा त हामीले दक्षिण एसियाली खेलकुदको आयोजना समयमा नै गर्न सक्दैनौं । तर सरकार १३औं दक्षिण एसियाली खेलकुद आयोजना गर्ने विषयमा संवेदनशील छ । यो देशको राष्ट्रिय प्रतिष्ठाको कुरा पनि हो । त्यसकारण सरकार १३ सागलाई भव्य रूपमा निर्धारित समयमा नै आयोजना गर्न केन्द्रित भइरहेको छ । सरकार सागका लागि आवश्यक गर्नुपर्ने कामहरू गर्नका लागि स्रोत साधन परिचालन गर्न कटिबद्ध छ । त्यसैले, खेल प्रभावित हुने कुरा स्वाभाविक रूपमा बन्दैनन् । १८औं एसियाडका लागि पनि चाहिने बजेटको व्यवस्थापन वैकल्पिक उपायहरूबाट  प्रबन्ध हुन्छ ।

जकार्ता एसियन गेम्सका लागि नेपालको तयारी के कस्तो अवस्थामा रहेको छ त ?

मैले मन्त्रालय सम्हालेको २६औं दिनमा नै राखेको १०९औं बोर्ड बैठक सम्पन्न भएको छ । त्यसमा हामीले १८औं एसियाडका लागि २८ खेलको सहभागिता गराउने निर्णय गरेका छौं । जसमा पदकका सम्भावना बोकेका खेलहरू पनि छन् । कतिपय खेलहरू खेलाडीलाई एक्स्पोजर गराउने हिसाबले पनि समावेश गरिएका छन् । त्यसैगरी, हामीले सो बोर्ड बैठकमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २१ देखि २८ सम्म नेपालगन्जमा आयोजना गर्ने निर्णय गरेका छौं । त्यसका लागि तीव्र गतिमा भौतिक पूर्वाधार निर्माण गर्ने निर्णयसमेत गरेका छौं । एसियाडमा पदक जित्ने सम्भावना भएका खेलहरूमा विशेष प्रशिक्षण गराउने विषयमा पनि हाम्रो ध्यान केन्द्रित छ ।

पदक ल्याउने सम्भावना बोकेका खेल संघभित्रको विवाद समाधानतर्फ चाँहि तपाईंको ध्यान केन्द्रित भएको छ कि छैन ?

हो, नेपाली खेलकुदमा केही दुःखद अवस्था पनि छ । यहाँ व्यक्तिगत स्वार्थका लागि खेलकुद संघहरूमा विवाद देखिन्छ । कतिपयले यसलाई राजनीतिक प्रभाव भनेका छन् तर म त यो राजनीतिकको कुप्रभावका कारण भएको विवाद भन्न रुचाउँछु । खेल क्षेत्रलाई पनि राजनीति चाहिन्छ । सकारात्मक राजनीतिबाट प्रभावित गर्न पाएको भए आज यो अवस्था आउने थिएन । अहिलेलाई हामी जकार्ता एसियाडमा सहभागिता गराउने विषयमा केन्द्रित रहेर छोटो अवधिका लागि विवाद समाधान गर्दछौं त्यसपछि दिर्घकालीन रूपमा नै विवाद समाधान गर्नेछौं । क्रिकेटमा देखिएको विवाद समाधानउन्मुख भइरहेको छ । अन्य संघमा पनि विवाद अन्त्य हुन्छ ।

मूलपानीको मैदानमा जग्गाको विषयमा देखिएको विवादमा पनि यहाँको चासो गएको थियो । त्यो के भइरहेको छ ?

मैले मूलपानीमा जग्गाको समस्या समाधानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छु । एक महिनाभित्र त्यो समस्या समाधान गरेर कार्य दु्रत गतिमा अगाडि बढाउने संकल्प गरेको थिएँ । त्यहीअनुसार कार्य भइरहेको छ । त्यो समस्या समाधान हुन्छ । यीलगायत सबै विवादले अब निकास पाउँछ । खेलकुद नयाँ गतिले नयाँ युगमा प्रवेश गर्नेछ ।

संघीय ढाँचाअनुसार खेलकुद जान सकेको छैन । त्यसैगरी, युवा तथा खेलकुद मन्त्रालयमा रहेका अन्य ऐन नियमहरू पनि पुरानै छन् नि ?

संघीय संरचनाअनुरूप ऐनहरूलाई परिमार्जन गर्नुपर्नेछ । खेलकुद ऐन, युवा परिषद्को ऐन परिमार्जनका लागि अहिले मस्यौदा तयार भइरहेको छ । ऐन पारित गर्ने पक्रियामा हामी गइरहेका छौं । युवा स्वरोजगार कोषको नियमावली पनि मस्यौदा भइरहेको छ । नियमावली मन्त्रिपरिषद्मा जाँदै छ । यसरी यस मन्त्रालयका मातहतमा रहेका सबै ऐन नियमहरूमा काम  भइरहेको छ ।

यहाँले खेलकुद क्षेत्रमा पनि निजी र वैदेशिक लगानी भिœयाउने कुरा पनि गरिरहनुभएको छ नि होइन ?

खेलकुद क्षेत्रको विकास लागि लगानी गर्न सकिएको अवस्था छैन । अरू क्षेत्रको विकासका लागि जसरी निजी क्षेत्रको स्रोत साधन र वैदेशिक लगानी भिœयाउने कुरा गरिहेका छौं । त्यसैगरी, खेलकुद क्षेत्रको विकास र समृद्धिमा पनि निजी क्षेत्रको स्रोत साधन र वैदेशिक लगानी भिœयाउने कुरालाई हामीले जोड दिएका हौं । खेलाडीको हितलाई केन्द्रमा राखेर नीति तर्जुमा गरेर अगाडि बढ्नेछौं । स्रोत साधनलाई अभाव हुन नदिने गरी नेपाली खेलकुदलाई अगाडि बढाउँदै नेपलाी खेलकुदमा नयाँ बिहानी ल्याउनेछौं ।

यहाँले १०० दिनको कार्ययोजना सार्वजनिक गर्नुभएको छ । यो कति व्यावहारिक छ ?

अलि फरक हिसाबबाट काम गर्नुपर्छ भनेर १०० दिनको कार्ययोजना ल्याएका छौं । हामीले मन्त्रालयमा पनि सामूहिक निर्णय प्रणालीलाई अभ्यास गरेका छौं । कर्मचारीलाई जिम्मेवार बनाउने काममा सक्रियता देखाएसँगै यसबाट प्रतिफल आउने काम भइरहेको छ । त्यसले सकारात्मक  सन्देश दिन्छ ।

मन्त्रालय र खेलकुद परिषद्बीच अधिकार विषयमा टसल हुने गरेको कुरा पनि सुनिन्छि अहिलेको अवस्था कस्तो छ ?

विगतमा मैले पनि यस्तो कुरा सुनेका हो । खेलकुदको विकास र समृद्धि चाहनेहरूले राखेप र मन्त्रालयबीच समन्वयमा समस्या देखिने गर्दछन् भनेर सुझाव दिएको पनि हो । तर अहिलेसम्म मैले त्यो अनुभव गरेको छैन । कुनै पनि ऐनले कसैले पनि एकलौटी रूपमा निरंकुश रूपमा अगाडि बढ्न छुट दिएको छ जस्तो मलाई लाग्दैन । मन्त्रालय र राखेपको राम्रो सम्बन्ध छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले खेलकुदमा बेरुजुको विषयमा प्रश्न उठाएको छ नि ?

बेरुजुका सन्दर्भमा राखेपको १०९औं बैठकबाट नै महालेखा परीक्षकको कार्यालय, मन्त्रालय र राखेपका लेखा हेर्ने कर्मचारीहरूको टिम बनाएर बेरुजुलाई ऐन कानुनको प्रक्रियाअनुरूप अगाडि बढाउने तथा फस्र्योटको प्रक्रियामा जाने निर्णय गरिएको छ । सो संयन्त्र बन्ने बित्तिकै यो कार्य सुरु हुनेछ । विधि र प्रक्रियाअनुरूप बेरुजु  फस्र्योटको कारबाही अगाडि बढ्छ ।

ओलम्पिक कमिटीको विषयमा देखिएको विवादलाई कसरी हेर्नुभएको छ ?

नेपाली खेलकुदमा देखिएको विवाद र समस्याको समाधान गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुन्छ । विवेकपूर्ण, न्यायपूर्ण रूपमा सरोकारवालाको भावनाको प्रतिनिधित्व गर्दै ऐन कानुन विधि विधान र खेलको नियम अनुरूप नै यी सबै विवादहरूको समाधानको बाटो पहिल्याउनेछौं ।

खेलकुदमा भ्रष्टाचार, मानव तस्करी, खेलाडी विदेशमा लुक्नेलगायतका विकृति विसंगतिहरू पनि छन् । यसतर्फ यहाँको कदम कस्तो हुनेछ ?

खेलकुद क्षेत्रमा सुशासनको प्रत्याभूति गराउने दिशातर्फ हामी कटिबद्ध छौं । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नेछौं । यस विषमा मैले मन्त्रालयमा पनि स्पष्टसँग निर्देशन दिइसकेको छु । भौतिक पूर्वाधारको काम जति पनि हुन्छ । त्यसको गुणस्तरीयता चेक जाँच गर्ने नीति अख्तियार गर्नेछौं । खेलकुदमा म्याच फिक्सिङ, मानव तस्करी र खेलाडी भाग्ने कुराहरू पनि शतप्रतिशत अन्त्य हुन्छ । त्यसैले, अन्तर्राष्ट्रिय प्रतियोगितालाई मेला भर्ने हिसाबले लिने परम्पराको समेत अन्त्य हुन्छ । विगतको ट्रेनको अध्ययन गरेर नै हामीले १८औं एसिायडका लागि खेल र खेलाडी संख्या छनोट गर्न राखेपका उपाध्यक्षको संयोजकत्वमा एक सिफारिस समिति बनाएर काम गरिरहेका छौं । अब आवश्यकता र औचित्यका आधारमा मात्र सहभागिता हुन्छ । यसरी खेलकुद क्षेत्रमा देखिएका सबै विसंगति र विकृतिको नियन्त्रण हुन्छ ।