विष्णुमति करिडोर ५ सय मिटर विस्तार

काठमाडौं / रासस– नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा ५ सय मिटर सडक विस्तार गरिएको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगर विकास तथा सुधार समिति र ल्होत्से बहुउदेश्यीय प्रालिको संयुक्त पहलमा मित्रनगरदेखि बसपार्क पुलसम्मको करिडोर विस्तार गरिएको हो ।

सो बाटो विस्तारसँगै बालाजुदेखि बानियाँटारसम्म करिडोर हुँदै सवारीसाधन आगमनमा सहजता हुने काठमाडौं महानगरपालिका वडा–२६ अध्यक्ष खेमराज तिवारीले जानकारी दिए । ‘सुन्दर नयाँ बसपार्क निर्माणका लागि यो अभियानले महŒवपूर्ण भूमिका खेल्नेछ,’ उनले भने, ‘सडक विभागको सहयोगमा बालाजुदेखि बसपार्कसम्मको करिडोरको बाटोलाई छिट्टै कालोपत्रे गरिनेछ ।’