मोदी मुक्तिनाथमा पूजा गर्ने पहिलो भारतीय प्रधानमन्त्री, एकाविहानै विशेष पूजामा सरिक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार विहान मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा दोस्रो दिन एकाविहानै मुक्तिनाथ पुगेका मोदीले झण्डै २५ मिनेट पूजा–अर्चना गरेका थिए । मोदीलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद अधिकारीले झण्डै २५ मिनेट पूजा–अर्चना गराएका थिए । पूजा अर्चनापछि मोदीले १०८ धारामा जलशेचन गरेका थिए ।

योसँगै मोदी प्रधानमन्त्रीको हैसियतमा पूजा अर्चना गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । मोदी केहीबेरमा काठमाडौं फर्किएर पशुपतिनाथमा पूजा गर्न जानेछन् ।