चित्रकला तथा फोटो प्रदर्शनी सुरु

दोलखा / रास– सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसमा चित्रकला तथा फोटो प्रदर्शनी सुरु भएको छ । चित्रकला तथा फोटो प्रदर्शनीले विद्यार्थीलाई हाम्रो समाजमा भएका नदी नाला तथा खोलाहरू कसरी जोगाउने भन्ने विषयमा प्रेरणा दिनेछ ।

 चित्रकला तथा फोटो प्रदर्शनी २ जेठ (आज) सम्म चल्ने गौरीशंकर क्याम्पसका क्याम्पस प्रमुख शान्त केसीले बताए । रिभर्स अफ द वल्र्ड नामक संस्थाले गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा चित्रकला तथा फोटो प्रदर्शनी गरेको हो ।

 चित्रकालाबारे चित्रकार कैलाशकुमार श्रेष्ठले बताए । प्रदर्शनीकोे उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले चित्रकला तथा फोटो सम्बन्धी धारण राखेका थिए ।