सर्वनाममा प्रस्तुत भए कविता र रोशन

राजधानी समाचारदाता / काठमाडौं

‘हामी कवि र कविता’को ५७औं शृंखलामा मंगलबार दुई कविले आफ्ना कवितामार्फत दर्शकको मन जितेका छन् । हरेक महिनाको पहिलो दिन आयोजना हुँदै आएको कविता सुनाउने यो कार्यक्रममा यसपटक कवि प्रभा भट्टराई र रवि पुन प्रस्तुत भएका हुन् । पुरानादेखि नयाँ पुस्तासम्मका नेपाली कविका कविता प्रस्तुत गर्ने उद्देश्यले यो कार्यक्रम हुँदै आएको छ । मंगलबार पनि यी दुई कविले आफ्ना उत्कृष्ट कवितामार्फत दर्शकको ध्यान जिते ।

लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा पहिलो चरणमा कवि प्रभा भट्टराई आफ्ना १० वटा कवितासहित प्रस्तुत भइन् । उनका कविता नारी प्रधान, राजनीतिक विषयवस्तु प्रधान र सामाजिक कुरीतिविरुद्धको व्यंग्यप्रधान थियो । कवि प्रभाले कार्यक्रममा छन्दमा कविना सुनाइन् । उनले सुनाएका कविताको शीर्षक कल्पना परी, त्यै भयो बरू, खै म के भनूं, आनन्द, धन्य छस् आज पैसा, म यो दसैं मनाउँछु, यहाँ खै केको स्वतन्त्र छ’लगायतका कविता उनले वाचन गरिन् ।

यस्तै, आफ्ना कविता लिएर कार्यक्रममा दोस्रो चरणमा अर्का कवि रोशन पुन प्रस्तुत भए । उनले आधा घण्टाको बसाइमा पुराना र नयाँ आफ्ना ६ वटा कविता ्र

प्रस्तुत गरे । रोशनका कविता विविध विषयमा थिए । उनको फूल क्रान्ति कविता बिम्बयुक्त सशक्त थियो । यस्तै, रोशनका झरी, म धरहरा, पाठशाला, गुन्द्रुक, बाकसजस्ता कविता पनि त्यत्तिकै सशक्त थिए ।