एकाविहानै मकालु एयरको विमान बेपत्ता, साढे दुई घण्टापछि बाजुरामा भेटियो

काठमाडौं । मौसम खरावीका कारण हराएको मकालु एयरलाइन्सको कार्गो जहाज बाजुराको पट्टी भन्ने क्षेत्रस्थित कर्णाली नदीको किनारमा भेटिएको छ । बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडान भरेको जहाज बेपत्ता भएको थियो । सो जहाज साढे २ घण्टापछि सकुशल अवतरण गराइएको अवस्थामा फेला परेको हो ।

सो जहाज विमान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्नेमा हराएको थियो । ९एन एजेयु कल साइन उक्त जहाजमा क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपाली मात्रै थिए । दुवै सुरक्षित रहेको बताइएको छ ।