कान्छी भिœयाउँदा फन्दामा

पाँचथर / रास– घरमा श्रीमती हुँदाहुँदै कान्छी श्रीमती भिœयाउने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् । जिल्लाको कुम्याक गाउँपालिका–१, यासोकका विवश मोतेले कान्छी श्रीमतीका रूपमा सोही स्थानकी सुमित्रा नेपालीलाई बिहे गरेकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

अभियुक्त मोतेकी जेठी श्रीमती सुनिता परियारले आफू सक्षम र सबल हुँदाहुँदै श्रीमान्ले दोस्रो विवाह गरेको भन्दै कानुनी उपचारका लागि उजुरी दिएपछि निजहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मेते र नेपालीमाथि बहुविवाह मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया सुरु गरिएको पाँचथर प्रहरीलेजनाएको छ ।