मकालु एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो, दुबै पाइलटको मृत्यु

सुर्खेत, २ जेठ । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि आज बिहान ६ः१६ बजे उडेको मकालु एयरको कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो ।

विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिनुभयो ।

९एन-एजेयु कलसाइन विमान दुर्घटनाग्रस्त हुँदा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।