बाल अधिकारका लागि पाण्डे सगरमाथामा

बलराम प्यासी / काठमाडौं

स्काउट शिक्षक प्रकाशराज पाण्डेले ‘बालबालिकाको हक तथा अधिकार संरक्षणका लागि’ सगरमाथा सफल आरोहण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार पाण्डेले सगरमाथा सफल आरोहण गरेका हुन् । उनीसहित ५३ नेपाली र ४२ विदेशी आरोहीले बुधबार बिहान सगरमाथा सफल आरोहण गरेका थिए ।
आरोही पाण्डेले सगरमाथा चुचुरोमा नेपालको राष्ट्रिय झन्डाका साथै नेपाल स्काउटको झन्डा, विश्व स्काउटको झन्डा, म्यासेन्जर अफ पिसको झन्डा, २००७ सालका चार शहीद धर्मभक्त, शुक्रराज, गंगालाल र दशरथको तस्बिर पनि पु¥याएका छन् ।

त्यस्तै, कुल जनसंख्याको करिब ४० प्रतिशत युवाको राष्ट्रिय युवा परिषद्को झन्डा, ललितपुर जिल्ला स्काउटको स्वर्ण महोत्सवको झन्डा र आफ्नो गृह जिल्ला रामेछापको नक्सा तथा रामेछापका स्थानीय ‘३ लाल’ को तस्बिरसमेत लगेका थिए ।
रामेछाप जिल्ला लिखु गाउँपालिका–७ का पाण्डेले पायोनियर एडभेन्चर प्रालिस“गको सहकार्य तथा त्यस कम्पनीका सञ्चालक लाक्पा शेर्पाको सहयोगमा सगरमाथा आरोहण गरेका हुन् । संखुवासभा निवासी गाइड शेर्पा केटु हिमाल आरोहण गर्ने हालसम्मकै कान्छा आरोही हुन् ।
पाण्डे ११ वर्षदेखि शैक्षिक अभियान नेपाल स्काउटमा सक्रिय रहँदै बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक, सामाजिक, आध्यात्मिक तथा संवेगात्मक भावना विकासमा सक्रिय छन् ।यसअघि पाण्डेले रसुवामा अवस्थित ५८९० मिटर अग्लो वेडेन पावेल स्काउट हिमशृंखला दुईचोटि र ६१६० मिटर अग्लो आइसल्यान्ड पिक आरोहण गरिसकेका छन् ।