मलमास सुरु

काठमाडौं / रास– धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास सुरु भएको छ । मंगलबार साँझ ५ बजेर ५३ मिनेटपछि मलमास सुरु भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

मंगलबार साँझ ५ बजेर ५३ मिनेटसम्म जेष्ठ कृष्ण औंसी तिथि र त्यसपछि अधिक जेष्ठ शुक्लपक्षको प्रतिपदा तिथि सुरु भएको हो । बुधबारबाट अधिकमास लागू भए पनि मंगलबारै साँझबाट अधिकमास प्रवेश गरिसकेको छ । मंगलबार सुरु मलमास ३० जेठ बुधबार राति २ बजेदेखि सकिनेछ । यसलाई ‘पुरुषोत्तम मास’का नामले पनि चिन्ने गरिन्छ । अधिकमासमा भगवान् पुरुषेत्तमको पूजाआजा गरी महात्मे पाठ तथा माल्पुवा दान गर्ने चलन छ ।

मलमासका समय पनि अधिक दुईवटा पक्ष रहन्छन् । यसमा सुरुमा अधिक शुक्लपक्ष पहिला आउँछ भने कृष्ण पक्षपछि । अरू महिनामा भने पहिला कृष्ण पक्ष र त्यपछि शुक्ल पक्ष आउ“छ । ज्योतिषशास्त्रमा अरू महिनाका पक्षलाई ‘शुद्ध पक्ष’ भन्ने गरिन्छ ।

अधिकमास नामले पनि परिचित मलमासभर शुभकार्य गर्न नहुने धार्मिक मान्यता छ । मलमासमा शुभकार्य गर्नु नहुने र यो समय साइत पनि नहुने विश्वास छ । त्यसैले महिनाभर विवाह, व्रतबन्धजस्ता शुभकार्य गरि“दैन । दैनिक गरिने स्नान, जप, ध्यान, सन्ध्या, नित्य पूजा र काजकिरिया तथा मासिक कर्म भने रोकि“दै छ । करिब पौने ३ वर्षमा आउने मलमासलाई ‘क्षयमास’ पनि भनिन्छ । मलमास वा अधिकमास त्यस्तो कुनै अशुभ समय भने नभएको ज्योतिश शास्त्री बताउँछन् ।

विवाहपछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसे सासुलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, पतिलाई कष्ट हुने धर्मग्रन्थमा उल्लेख गरिएको आधारमा यस अवधिमा नवविवाहिताले मलमास बार्ने गर्दछन् । मलमास अवधिमा सहवास गर्न नहुने र गरेको खण्डमा पनि नराम्रो रोगी बच्चा जन्मने परम्परागत मान्यता छ । मलमासमा यौनकार्य नगर्न सुझाव दिँदै ज्योतिष पण्डितले यस्तो बेला गर्भ बसे परिवारलाई समेत कष्ट हुन सक्ने बताएका छन् ।