दुर्घटनामा एकको मृत्यु

नवलपरासी / रास– नवलपरासीको कावासोती–१६ कोटाँडीमा गए राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिग्रिएर रोकिराखेको लु१ख ५३८४ को ट्रकमा लु१६प २८४९ को मोटरसाइल ठक्कर खाँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१२ भूपू चोकका ३१ वर्षीय तिलप्रसाद थापाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका थापाको उपचारका क्रममा दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा  मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि बसेका कावासोती–२ का ३१ वर्षीय डण्डबहादुर पुन गम्भीर घाइते भएका छन् । घाइते पुनको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भइरहेको प्रहरीले जनाएको छ ।