भीरबाट खसेर मृत्यु

बैतडी / रास– बैतडीमा भीरबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ । मेलौली नगरपालिका–२ स्थित सुदर्शन माध्यमिक विद्यालय लिखोडामा कार्यरत शिक्षक वीरेन्द्रबहादुर चन्दको भीरबाट खसेर बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

४३ वर्षीय शिक्षक चन्दको बिहान ७ बजे विद्यालय जाने क्रममा सुक्र्यौडाको भीरबाट लडेर मृत्यु भएको सोही विद्यालयका अर्का शिक्षक दीपकराज भट्टले जानकारी दिए ।