व्यापारीहरूको विरोध

बैतडी / रास– जिल्लाको सदरमुकाम गढी, गोठलापाली तथा साहिलेक बजारको फोहोर नगरपालिकाले व्यवस्थापन नगरेको भन्दै स्थानीय व्यापारीहरूले सडकमै फोहोर फालेर विरोध जनाएका छन् । हरेक दिन बजारको फोहोर संकलन गरी डम्पिङ साइटमा व्यवस्थापन गर्दै आएको नगरपालिकाले गत एक सातादेखि फोहोर व्यवस्थापन नगरेपछि व्यापारीहरूले विरोध प्रदर्शन गरेको बताएका छन् ।

नगरपालिकाले बजारको सरसफाइमा कुनै चासो नदिएकाले विरोध गरेको गोठलापानी बजार व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र चन्दले बताए । हरेक दिन सफा गर्न आउने नगरपालिकाको डम्फर नआएको एक साता बढी भएको र नगरपालिकालाई खबर गर्दा कुनै चासो नदेखाएकाले आफूहरू विरोधमा उत्रिएको उनले बताए ।

दशरथ चन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले भने, ‘नगरपालिकाको डम्फर मर्मतका लागि धनगढी पठाएको र चालक पनि बिरामी भएकाले फोहोर व्यवस्थापन गर्न नसकिएको स्वीकार गरे । उनले नगरपालिकाका कसैलाई पनि कुनै खबरै नगरी बजारमा फोहोर फालेर व्यापारीहरू प्रदर्शनमा उत्रेको बताए ।