यस्तो छ एकता संयोजन समितिको बैठकको निर्णय, विष्णु पौडेल महासचिव, नारायणकाजी प्रवक्ता

काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिस्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड रहने भएको छ । यही हाइकमान्डले पार्टी सञ्चालन गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले विष्णु पौडेललाई महासचिव र नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने निर्णय गरेको छ ।

हाइकमाण्डमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहनेछन् । वरियता क्रममा ओली र प्रचण्डपछि झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहने निर्णय भएको छ ।