सियाराम सपना

सियाराम सपना

सुदीप कोइराला

पैसा थिएन आत्तिएनन् । पैसा बनाउँदा मात्तिएनन् । पढलेख नभएकोमा चित्त दुखाइ छैन । सन्तानबाट त्यो अपेक्षा पूरा गर्ने सपना छ । मनमा जाँगर छ । कर्ममा विश्वास छ । यसैले उनले थाले– ५ सयको लगानीमा करोडौंसम्म व्यापार हुने क्षेत्र ।
महँगी जति बढेको छ पैसाको महŒव पनि त्यति नै घटेको ठान्नेहरूका लागि मोरङका सियाराम कामत एक
उदाहरण हुन् । चिया र चुरोटमा दैनिक सयौं रुपैयाँ खर्च गर्ने युवाका प्रेरणा पनि । बेरोजगारहरूका लागि उदाहरण बन्न सक्छन् । सियारामले ५ सयले व्यापार थालेका छन्, उद्योग खोल्ने सपनामा अघि बढेका छन् ।
५ सयले व्यापार ? पत्यार नलाग्न सक्छ । हो, विराटनगर महानगरपालिका–६ का सियाराम पैसा अभावकै कारण केही गर्न सकिनँ भन्नेहरूका लागि उदाहरण बनिरहेका छन् । ३८ वर्षीय कामतले ५ सय रुपैयाँले व्यापार थालेको पनि धेरै भएको छैन । गत कात्तिकदेखि व्यापार थालेका कामतको लक्ष्य उद्योग सञ्चालन गर्ने छ ।

इमानदार भएर मेहनतका साथ काम गर्नुस्, गरेर खानेलाई पैसाले रोक्दैन । अझ व्यवसाय एकैपटक ठूलै गर्नुपर्छ भन्ने छैन । सानोबाट ठूला भएका  धेरै छन्


विराटनगरका गार्मेन्ट उद्योगबाट कपडा किनेर खुद्रा व्यापारीहरूलाई बिक्री गर्ने सियारामले कात्तिकमा पहिलोपटक ५ सय रुपैयाँ बुझाएर ७ हजारको कपडा उठाए । ‘अहिलेको जमानामा कसैले विश्वास गर्दैन । तर काम गर्छु भन्ने आत्मविश्वासका अगाडि भगवान् पनि नतमस्तक हुन्छन् । ‘मैले हिम्मत गरें,’ उनी भन्छन्, ‘मलाई गरिएको विश्वासको इमानदारिता
पनि देखाएँ ।’
त्यो कपडा बेचेर ल्याएको पैसा साहुलाई तिरें र यही कामलाई निरन्तरता दिएँ । सियाराम आठ महिनाको अवधिमा विराटनगरका धेरै उद्योगबाट कपडा किन्ने र खुद्रा व्यापारीलाई बेच्ने भइसकेका छन् । त्यसैले, अहिले उनको सपना पनि बदलिएको छ, भन्छन्, ‘अब आफैं उद्योग खोल्नुपर्छ ।’ विपन्न परिवारमा जन्मे, हुर्केका सियारामले कुनै औपचारिक शिक्षा लिएका छैनन् । लेखेको पढ्नसमेत नसक्ने सियाराम आफ्नो नाम र रकमको अंक भने मुस्किलले लेख्छन् । तर पनि उनले राख्ने हिसाब फरक पर्दैन । उनको व्यापारको नाफा घाटाको मूल्यांकन भने उनकै श्रीमती मोनिका कामत (३२) ले गर्छिन् ।
८ कक्षा पढेकी मोनिका श्रीमान्ले ल्याएको हिसाब खातामा उतार्न सहयोग गर्ने र जोडघटाउ गरी नाफा घाटा छुट्याउँछिन् । सियाराम व्यापार गर्दै जाँदा आइपर्ने समस्याका विषयमा निकै होसियार छन् । भन्छन्, ‘व्यापार थालेपछि निरन्तरता आवश्यक छ । बजारमा गरेको लगानी उठाउन व्यापार सधैं हुनै पर्ने बताउने सियाराम व्यापारमा इमान र मेहनत जरुरी रहेको तर्क गर्छन् ।’
त्यसैले त आफू सन्तुष्ट र व्यापारबाट खुसी रहेको भन्दै आफ्ना भावी योजना सुनाउँछन् । भन्छन्, ‘५ धुर जमिन छ, त्यहाँ यही वर्ष जसोतसो घर बनाउनु छ । पहिले त कसरी बनाउने र ऋण कसरी तिर्ने जस्तो लाग्थ्यो, अब धेरै हिम्मत आएको छ ।’ सियाराम थप्छन्, ‘आवश्यक पर्ने इँटा र बालुवाको जोहो भने गरिसकें ।’ उनका ६ र चार वर्षका दुई छोरी र दुई वर्षीय एक छोरा छन् । उनीहरूलाई गुणस्तरी उच्च शिक्षासम्म पढाउने उनको धोको छ । त्यसैले, त विद्यालय जाने उमेरका दुई छोरीलाई विराटनगरकै एक निजी विद्यालयमा पढाउँछन् ।

पैसा थिएन आत्तिएनन् । पैसा बनाउ“दा मात्तिएनन् । पढलेख नभएकोमा चित्त दुखाइ छैन । सन्तानबाट त्यो अपेक्षा पूरा गर्ने सपना छ । मनमा जा“गर छ । कर्ममा विश्वास छ

अरू सरह छोराछोरीले प्रतिस्पर्धा गर्न सकून् भन्ने सोच छ उनको । उनी भन्छन्, ‘अब नपढ्नेले धेरै दुःख पाउँछन् ।’ कपडा उद्योगहरूमै लामो समय सिलाइको काम गरेका सियाराम अर्काको काम गर्नुभन्दा व्यापार गर्नु ठीक ठानेर यो बाटोमा लागेका हुन् । उनले व्यापारलाई निरन्तरता दिँदै उत्पादनसमेत गर्न सक्दा निकै आम्दानी गर्न सकिने बुझेका छन् ।
पूर्वका विभिन्न जिल्लाका हाटबजारका व्यापारीलाई कपडा पु¥याउने र उनीहरूबाट पैसा उठाउनु उनको दैनिकी हो । बिहान उठेर पूजापाठ सकेपछि विभिन्न उद्योगमा पुगेर कपडा किन्ने र ठूलो झोलामा कपडा बोकेर मागअनुसार व्यापारीकहाँ पु¥याउँछन् । प्रतिगोटा केही प्रतिशत मुनाफा लिएर किनबेच गर्ने सियाराम आर्थिक स्थिति कमजोर रहेका र बेरोजगार बसेका युवालाई सुझाव दिँदै भन्छन्, ‘इमानदार भएर मेहनतका साथ काम गर्नुस्, गरेर खानेलाई पैसालाई रोक्दैन । अझ व्यवसाय एकैपटक ठूलै गर्नुपर्छ भन्ने छैन । सानोबाट ठूला भएका धेरै छन् ।’