सोमतीर्थ र सुपा देउराली–२८

सोमतीर्थ र सुपा देउराली–२८

प्रा. डा. विष्णुराज आत्रेय

विवरण सुनेपछि त्यो क्षेत्र बुध र इला दुवैलाई झन् साह्रै मन प¥यो । ‘वैदुष्य र पराक्रमको यसै थलोमा हाम्रो शिशुले जन्म लिनुपर्छ,’ उनले आपसमा यही सल्लाह गरे । अनि यसै निर्णयमा टेकाए आफूलाई ।

पुरुपर्वत धेरै कुराले सुरम्य र सम्पन्न थियो । जाति, बेली, चमेली, गुराँस, तगर तथा रात्रिगन्धा जस्ता विभिन्न जातका फूल पुरु अर्थात् प्रचुर मात्रामा पाइन्थे त्यहाँ । यिनका परागले यहाँको वातावरण पुरु अर्थात् सुगन्धित थियो । बुध र इला यसैगरी पुरु पर्वतको थुम्कोमा आइपुगे । त्यसलाई मानिसहरू पुरुकूट भन्थे । यहाँ एउटा सुन्दर हृदश्रदह थियो, जसलाई पुरुह्रद भनिथ्यो । यसै पुरुनग÷पुरुपर्वतका फेदीमा पन्नग÷सर्पजस्तै नागबेली भएर बग्ने पुरुनगा÷पनाहा नदी प्रवहमान छन् । पर्वतका सिरानमा ढुंगाबाट निर्मित चौकिल्लाले घेरिएको एउटा देवी मन्दिर थियो । पुरुकोट भन्दथे मानिसहरू यसलाई ।

यस पुरुकोट परिक्षेत्रको सर्वोच्च शिखर पुरुपर्वत हो । अहिलेको नापमा यो २ हजार ६९० मिटर अग्लो छ । उहिले योे शिखर यस क्षेत्रका मध्यदिन शाखाध्यायी तागाधारीहरूले अध्ययन अध्यापन गर्ने थलो थियो । अमरभूमि शीर्षण्य क्षेत्रका विद्वान्, याज्ञिक, वाचक तथा पुरोहितहरू कथा, पुराण, पौरोहित्य र शास्त्रहरूका अध्यापन कार्यका लागि यस भेकमा आमन्त्रित हुने गर्दथे ।

यति मात्र होइन, शुक्ल यजुर्वेदको मध्यदिन शाखाध्यायी गुरु, शिष्य र तागाधारीहरूको समेत श्रावणी उपाकर्म गर्ने थलो समेत हुनाले यहाँको अग्लो पर्वतलाई पनि मानिसहरू मध्यन्दिनीय पर्वत भन्न थाले ।

 समयले कोल्टे फेर्दै गयो । कालान्तरमा यहाँ सामूहिक श्रावणी उपाकर्म कृत्य हुन छाड्यो । यो लेख मही मथ्ने मदानीका जस्तै पोरा परेको देखिने हुनाले पछिल्लो लोकजिब्रोले पहिलेको माध्यन्दिनश्रमधानेलाई महीपार्ने मदानीको अर्थमा बुझ्न थाल्यो । त्यसै अर्थमा लौकिक उच्चारण हो आजको मधाने ।

यसरी बुध र इला त्यहाँ वरपरका प्राकृतिक दृश्यहरू हेर्दै रमाउँदै पुरुपर्वतको एउटा रमणीय गुफामा पुगे । तिनीहरूले त्यहीँ आफ्ना झिटीकुम्ली बिसाए । त्यस बस्तीमा नवागन्तुक पाहुना आएको थाहा पाएर गाउँलेहरूले आफूकहाँ भएको दही, मही, आँटोपिठो जे छ, ल्याएर तिनीहरूलाई उपलब्ध गराए । इलाले तीनवटा ढुंगा ठड्याएर चुलो बनाइन्, बुधले दाउरा खोजेर ल्याए । त्यस राति जे उपलब्ध भयो, त्यही खानपिन गरे । थकाइले ग्रस्त ती दम्पती यसो पल्टेका मात्र के थिए, निदाइहाले ।

शालग्राम नदी कृष्णा गण्डकीको प्रस्रवण क्षेत्रमा रहेको यो सुन्दर पुरुपर्वतको परिक्षेत्र महर्षि भृगुको पनि आश्रम र साधना क्षेत्र हो । यो पुरुपर्वत यस भेकका सबै पर्वत शिखरभन्दा अग्लो पनि छ ।

उहिले कर्दमपुत्री ख्यातिका पति भृगुऋषिले तपस्या गरेको स्थल र भृगुको आश्रम, दुवै गण्डकी प्रस्रवण क्षेत्रअन्तर्गत पुरुपर्वतकै पाश्र्ववत्र्ती पर्वत परिसरमा पर्छन् । द्वापरयुगमा पनि ऐतिहासिक महŒवको यो पुरुपर्वत र यसको निकटमा रहेको भृगुक्षेत्र पावन तीर्थ थियो । यो स्थल धार्मिक पर्यटन स्थलका रूपमा प्रख्यात थियो । महाभारतीय उपाख्यानअनुसार तृतीय पाण्डव अर्जुनले हाल हिमरुक्श्रझिमरुक (धर्मावती) र माण्डवी नदीको दोभान राप्तीको शिर ऐरावतमा आएर कौरव्यपुत्री उलुपीसँग विवाह गरेका थिए । पछि हिमाली तीर्थको यात्रा गर्ने क्रममा पूर्वतर्फ लाग्दै गर्दा अर्जुन वशिष्ठपर्वत हुँदै यसै भृगुतुंगश्रभुत्र्तुं र भृगुस्तोमश्रभृगुथुममा आएका थिए । उनले यहाँ आएर धेरै गाईदान गरे । यहाँबाटै गण्डकी प्रस्रवणको किनारै किनार लाग्दै पहाडबाट तराईको समथरमा ओर्लेर उनी अंगबंग र कलिंगतिर निस्केका थिए । यिनै भृगुका छोरा हुन्, भार्गव परशुराम तथा भार्गव शुक्र । उहिले भृगुका वंशज देवदत्त नामक एक जना ऋषिले भृगुतंगमा आएर तपस्या पनि गरेका थिए ।

यसै पुरुपर्वतका नजिकै पूर्वतिर ऋषि विभाण्डकका छोरा महर्षि शृंगीको तपस्थली छ, जसलाई जनजिब्रोले ऋष्यश्रृंगश्ररेसुंगा भन्दछन् । महर्षि शृंगी अयोध्यापति दशरथकी छोरी राजकुमारी शान्ताका पति हुन् ।

यसरी बुध र इला त्यहाँका प्राकृतिक दृश्य हेर्दै–रमाउँदै पुरुपर्वतको एउटा रमणीय गुफामा पुगे

यता पुरुपर्वतका पुरुगुहामा आएका केही दिनपछि नै बुधपत्नी इलालाई प्रसूति व्यथा लाग्यो । उनले यसै पुरुपर्वतका गुफामा एउटा पुत्ररत्न जन्माइन् । न्वारनको समय आयो । इलाले कुलगुरु वशिष्ठलाई पनि आमन्त्रण गरिन् । नामकरण हुने एघारौं दिन शीर्षण्यग्राम अमरभूमिका ऋत्विज ब्राह्मण तथा वशिष्ठले विधिपूर्वक यज्ञमण्डपमा नामकरण संस्कार सम्पन्न गरे ।

बुध आत्रेयले छोराको नाउँ पत्नी इलाका कोखबाट जन्मेका हुनाले ऐल राखे । जन्मँदा त्यो शिशु पुरुपर्वत नै थर्किने गरी अतिनै कंगलाशब्द गरेर रोएको थियो । पुरुपर्वत र वरपरका डाँडाकाडा सबै झंकृत भएका थिए । त्यसै हुनाले यस्तो जन्मँदै शक्तिशाली जातकको बोलाउने नाउँ घरछिमेकमा पुरुरवा पनि हुन गयो । इला र बुधका पुत्र ऐल पछि यसै पुरुरवा नाउँले लोकमा प्रसिद्ध भए ।

पहिले कन्याका रूपमा जन्मेकी इला तपस्याद्वारा सुद्युम्न भएकी थिइन् । कुमारवनमा पाएको शापअनुसार उनी फेरि इलाका रूपमा परिवर्तित भइन् । एउटा सन्तान जन्मेपछि स्त्री रूपबाट मुक्त हुने शापवाणी हुनाले पुरुरवाकोे न्वारन हुनासाथ तिनै बुधपत्नी इला पुनः सुद्युम्न भइन् ।

अंग परिवतैनसँगै उनको चालढाल बानी बेहोरा समेतमा परिवर्तन आयो । उनलाई तत्काल पूर्वस्मृति भयो । उनलाई आफ्नो राज्यतिर फर्कने हतार भयो । उति बेलाका आफ्ना सिकारी सहयोगी र पछि छोडिएका सैनिक र बन्दोवस्तीका लावालस्कर खोज्दै उत्निखेरै पति बुध, पुत्र पुरुरवा, पुरुनगा नदी र पुरुकूट सबै बिर्सेर र छोडेर पुरुपर्वतबाट सुद्युम्न खुरुखुरु दक्षिण लागे

आफ्ना देशतिर ।

संस्कारले वंंश खेदेको हुन्छ । वंशले संस्कारलाई डो¥याएको हुन्छ । उहिले मातृविहीन सोमको लालनपालन ब्रह्माले गरेका थिए । त्यसपछि मातृत्यक्त बुधको लालनपालन सोम आत्रेयले गरेका थिए । त्यसैगरी, बुध आत्रेयले पनि मातृवियुक्त पुरुरवाको सम्पूर्ण भरणपोषण गर्नुप¥यो । नवजात शिशुको स्याहारसुसारको समस्त दायित्व उनकै जिम्मामा आयो । उसको रेखदेख गर्नु र उसलाई उचित शिक्षादीक्षा दिएर आफ्नो खुट्टामा उभिने पार्नु बाबुको नाताले बुधकै थाप्लामा थोपरियो ।

समय बित्दै गयो । ज्ञान र विज्ञानका विद्वान् पिताको शिक्षा दीक्षा पाएर बुधपुत्र पुरुरवा छोटो समयमै अध्ययन, संस्कार, शिष्टाचार जस्ता विशिष्ट आर्यगुणले सम्पन्न भए । उनी पनि अब किशोर अवस्थाबाट युवावस्थातिर प्रविष्ट भए । छोरालाई युवावस्थामा टेक्न लागेको थाहा पाएपछि बुधले उनलाई भने—

‘पुरुरवा ?’

‘आज्ञा होस् बुबा †’

‘तिमीले हाम्रो चन्द्रवंशको सुकीत्र्ति बढाउनुपर्छ । तिमी अब चक्रवत्र्ती राजा बन्नुपर्दछ । परन्तु, यो कार्य त्यति सजिलो छैन । यसका लागि ठूलो साधना चाहिन्छ । यस लोकमा तपस्याद्वारा सिद्ध नहुने केही कुरा छैन । जस्तै असाध्य र अप्राप्य वस्तु किन नहोस्, त्यो पनि तपस्याबाट प्राप्त हुन्छ । तिमी अब आफ्नो लक्ष्य प्राप्तिका लागि भगवान् विष्णुको तपस्या गर,’ बुधले छोरालाई सल्लाह दिए ।

‘हवस् बुबा † हजुरको आज्ञा शिरोपर छ । म त्यसै गर्छु,’ पुरुरवाले पिताको आज्ञा स्वीकार गरे, ‘तर बुबा  † कहाँ गएर तपस्या गरूँ । त्यस ठाउँबारे पनि मलाई आज्ञा होस्,’ पुरुरवाले विनम्र भएर पिता बुधलाई सोधे ।

‘पुरुरवा, गण्डकी प्रस्रवण क्षेत्रको जुनसुकै ठाउँ पनि विष्णुको आराधनाका लागि उपयुक्त छ । यहाँका प्रत्येक शालका रुख र शिलाहरू शालग्राम स्वरूप हुन् ।’

शालग्रामगर्भा कालीगण्डकीको पावन वातावरणमा हुर्केका विष्णुमय शालवृक्षका पवित्र पात र लिंगाहरू दैनिक देव, पितृ र अतिथि यज्ञका लागि दुना बोता, खोंचा, खोरी, चारकुने, एवं टपरी र लपेस आदिका लागि उपयोगी हुन्छन् ।

यस गण्डकी प्रस्रवण क्षेत्रका शालका अग्राख खण्डहरू हजारौं हजार वर्षसम्म यहाँको मृद्गर्भमा रहँदा यहाँका पावन जलवायुका प्रभावमा स्वयं पनि श्यामल शालग्राम बन्छन् । त्यसै हुनाले यस पावन परिक्षेत्रमा जहाँसुकै बसेर तपः साधना गर्दा हुन्छ ।

‘तथापि, यस पुरुपर्वतको उत्तर शीर्षण्यग्रामको पारिपट्टि पुरुसलिलाश्रछल्लीको पाखा तथा मालिका भगवतीको काखामा उहिलेदेखि योगीतपस्वीहरूले साधना गरिआएको पावन तपोवन छ । लोकमा अहिले पनि त्यो ठाउँ तपः नामले परिचित छ । त्यहीँ गएर तिमीले भगवान् विष्णुको आराधना गर,’ बुधले छोरालाई सल्लाह दिए ।

अब पुरुरवाले त्यसै तपोवनमा बसेर धेरै समयसम्म भगवान् विष्णुको तपस्या गरे । उनका तपःसाधनाले लक्ष्मीपति पुरुषोत्तम प्रसन्न भए । उनले पुरुरवालाई तिमी अब चाँडै नै यस क्षेत्रको राजा हुनेछौ र पछि सप्तद्वीपा पृथ्वीकै सम्राट् बन्नेछौ भनेर आशीर्वाद दिए ।

विष्णुको वरदान पाएपछि पुरुरवा पुरुपर्वत फर्के । उनी तपस्याबाट फर्केको थाहा पाएपछि त्यहाँको समाजले उनको ठूलो स्वागत ग¥यो । समस्त राजगुणले सम्पन्न भएका पुरुरवालाई राजा भएर त्यस क्षेत्रको संरक्षण गर्न अनुरोध गरे त्यहाँका स्थानीयले ।