बदल्दै काश्मीरको माहोल

बदल्दै काश्मीरको माहोल

केन्द्रीय गृहमन्त्री राजनाथ सिंहको दुईदिने जम्मु काश्मीर भ्रमणका बेला यस्ता धेरै कुराहरू देख्न पाइयो, यसको आधारमा घाटीको माहोललाई बदल्न सफलता हासिल गर्न सकिने अनुमान लगाउन सकिन्छ । एउटा त गृहमन्त्रीको भ्रमणको समय पृथकतावादी संगठनले बन्द र हडताल आह्वान गर्न छाडे र अर्को त्यसको कैयौं कार्यक्रममा आमकाश्मिरीले अपेक्षाकृत संख्यामा उत्साह देखाउँदै सहभागी भए । अब केन्द्र सरकारले काश्मीरमा आतंकवादविरोधी अभियानलाई रमजानपछि पनि स्थगित राख्नेछन् या छैनन् ? निःसन्देह यो भन्न सकिन्नँ कि केन्द्र सरकारको सदासयताको जवाफमा आतंककारी गुटले आफ्नो गतिविधिमाथि लगाम लगाउनेछ, जसरी आइतबार कुपवाडा क्षेत्रमा आतंककारीको घुसपैठ देखियो पनि, तर कम्तीमा यति त गर्न सकिन्छ कि प्रदर्शनकारी आफ्नो हर्कतबाट पछि हटोस् । उनीहरूलाई माफी दिने कुरा केन्द्रीय गृहमन्त्रीले पनि गरेकाले यो अपेक्षा गर्न सकिन्छ ।

केही प्रदर्शनकारीलाई नादान या अनविज्ञ युवाको संज्ञा दिन सकिन्छ । तर एउटा ठूलो संख्या त्यसकै छ, जुन आतंककारीको समर्थक र काश्मीरको अमन चयनको दुस्मन हो । वास्तवमा यी ती पत्थरबाज हुन्, जसले अराजकतालाई धन्दा बनाएका छन् । यसरी नै केही तŒवले पृथकतावादीलाई पनि एउटा धन्दामा रूपान्तरण गरेका छन् । हुर्रियत कन्फरेन्स जस्ता संगठन पृथकतावादको कारोबार नै गरिरहेका छन् । जब कि जम्मु काश्मीरका मुख्यमन्त्री महबुबा मुफ्ती यस कोसिसमा छन् कि संघर्ष विरामको रूपमा परिभाषिता गरिरहेको आतंकवादीविरोधी अभियानको स्थगन रमजानपछि पनि जारी रहनेछ, यसैले आफ्नो ठाउँमा यो कोसिस गर्नुपर्छ कि अराजकताको धन्दामा बदलिसकेको प्रदर्शननकारीमाथि लगाम लगाउन सकियोस् ।

सबै आलोचना र जोखिमपछि पनि केन्द्र सरकारले आतंकवादविरोधी अभियानलाई स्थगित गर्ने जुन पहल ग¥यो, त्यसमा सकारात्मक रवैयाको परिचय दिनु समयको पनि माग हो । घाटीका जनताले यो ठान्नुपर्छ कि केन्द्र सरकारको पहललाई असफल गर्ने कोसिस गरिरहेको पाकिस्तानी तŒव उसको हितैषी हुनै सक्दैनन् । किनकि काश्मीरको माहोल निकै दुषित भइसकेको छ र स्वतन्त्रताको अर्थहीन माग अनावश्यक रूपमा फैलिएको छ । यसैले घाटीको माहोललाई यति सजिलैसँग सुधार्न सकिँदैन । यसमा विशेष समय लाग्न सक्छ । राम्रो हुनेछ कि सरकार यति मात्रैले सन्तुष्ट नहोस् कि गृहमन्त्री राजनाथ सिंहको हालैको भ्रमणका समय काश्मीरबाट केही राम्रो संकेत देखियोस् । यस्तो संकेत अतितमा पनि देखिएको थियो । यो कसैबाट लुकेको छैन । तर त्यसबाट केही प्राप्त हुन सकेन । केन्द्र सरकारलाई यसबाट पनि थाहा हुनुपर्छ कि पाकिस्तान काश्मीरलाई अशान्त बनाएर राख्नका लागि नयाँ धारबाट सक्रिय हुन सक्छ । यस्तोमा आवश्यक यही हो कि भारत सरकारले पाकिस्तानमाथि दबाब दिने आफ्नो रणनीतिलाई थप गति देओस् ।

(भारतबाट प्रकाशित नई दुनियाँको सम्पादकीयबाट)