नाडाललाई फ्रेन्च ओपन

पेरिस / एजेन्सी– शीर्ष वरियताका स्पेनिस टेनिस खेलाडी राफेल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसस्थित रोलान्ड गार्रोसको क्ले कोर्टमा आइतबार राति भएको खेलमा अष्ट्रियाका डोमिनिक थिइमलाई ३–० को सोझो सेटमा पराजित गर्दै नाडालले ११ औं पटक फ्रेन्च ओपन टेनिसको

उपाधि जित्न सफल भएका हुन् । एकपक्षीय बनेको खेलमा नाडालले पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेको थियो । ३२ वर्षीय नाडालले दोस्रो सेट ६–३  तेस्रो सेट ६–२ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । क्ले कोर्टको बादशाह नै मानिने नाडालले डोमिनिकलाई पराजित गर्न २ घण्टा ४५ मिनेटको समय खर्चिए । पछिल्लो समय चोटसँग जुधिरहेको नाडालको यो उपाधिले उनको खेल करियरमा राहत मिलेको छ ।