लालीगुराँस र माउन्ट ग्लोरी विजयी

काठमाडौं / रास– आयोजक लालीगुराँस नेसनल एकेडेमी र माउन्ट ग्लोरीले चौथो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।लालीगुराँसले बीएनएलाई  २७–२० तथा माउन्ट ग्लोरीले बूढानीलकण्ठलाई २१–१५ ले पराजित ग¥यो । जुनियर ब्वाइजमै एन्जल्स हर्टले इबीएलाई २१–८, एनईएले फ्लोरोसेन्टलाई २२–१५, महामञ्जुश्रीले गोल्डेनपिकलाई ३३–२५ र ग्रिनल्यान्डले हिमरश्मीलाई २२–१३ ले हराए ।  सिनियर गल्र्समा एचएचसीएले बूढानीलकण्ठलाई ३२–१५, महामञ्जुश्रीले फ्लोरोसेन्टलाई ३०–१०, इबीएले साइपाललाई १७–१० र ग्रिनल्यान्डले आयोजक लालीगुराँसलाई २८–१५ ले पन्छाए ।

यता, ज्ञान निकेतनले नवौं हिम्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार जित हात पारेको छ । ज्ञान निकेतनले ओसिस्लाई ६०–५७ को साँघुरो अन्तरले पराजित ग¥यो । ब्वाइजमै बाबाले नेरिक एकेडेमीलाई

४०–२७ तथा बुद्ध एकेडेमीले काठमाडौं भ्यालीलाई ३५–१२ ले हराए । गल्र्समा विल्सन एकेडेमीले हिम्सलाई २४–८, श्रीदिवाले थ्री स्टारलाई ४१–२२ र भ्याली पब्लिकले काठमाडौं भ्यालीलाई ३२–१२ ले निराश पारे ।