आत्मनिर्भर अर्थतन्त्र

काठमडौं / रास— नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का महासचिव विष्णु पौडेलले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन व्यापारी व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल राष्ट्रिय वाणिज्य संघले काठमाडौंमा सोमबार आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलले समृद्ध नेपाल निर्माणका लागि सरकार पूर्ण रूपमा आर्थिक क्षेत्रको विकासमा जुटेको दाबीसमेत गरे ।

संघको २६ बुँदे मागसहितको ज्ञापनपत्र पौडेलले बुझ्दै अर्थ क्षेत्रका समस्या समाधान गर्दै सरकारले आर्थिक समृद्धका लक्ष्य हासिल गर्न खोजिरहेकाले त्यसमा व्यवसायीको तर्फबाट पनि सहयोग हुनुपर्ने बताए । नीतिगत र प्रशासनिक झन्झटलाई फुकाउँदै व्यावहारिक पक्षलाई आत्मसाथ गरी देशको बढ्दो व्यापार घाटालाई कम गर्न निर्यातजन्य वस्तुहरूको उत्पादनमा जोड दिने उनले बताए । व्यावसायिक क्षेत्रका सबै नीति निमार्णका लागि महŒवपूर्ण सल्लाहकारका रूपमा आफूले पाएको महासचिव पौडेलले बताए ।