ट्रम्प–किमलाई शीतयुद्धका तीन सबक

तमारा गिल / बीबीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सिंगापुरमा ऐतिहासिक वार्ताको तयारीमा छन् । पुरै संसारले यो वार्तालाई लिएर चासोपूर्वक आफ्नो ध्यान सिंगापुरतिर पु¥याएको छ । यसै सन्दर्भमा कतिपय राजनीतिक विश्लेषकले शीतयुद्धका दिनमा भएका केही ऐतिहासिक वार्तालाई स्मरण गरेका छन् ।

त्यसबेला भएका कतिपय शिखर वार्ता कूटनीतिक रूपमा सफल भए भने कतिपय पूर्ण रूपमा असफल बन्न पुगे । यो वार्तामा अमेरिकी राष्ट्रपति र सोभियत संघका नेता तथा चिनियाँ नेतासँगको वार्तासमेत रहेको छ ।

तर, ध्यान दिनुपर्ने कुरा के हो भने डोनाल्ड ट्रम्प पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडी र रोनाल्ड रेगनजस्तो छैनन् । यसका साथै किम जोङ उन र सोभियत संघका अनुभवी नेता मिखाइल गोर्भाचोभ र चिनियाँ नेता माओत्से तुङजस्तो पनि छैनन् । तर, विश्लेषकका अनुसार इतिहासको त्यो संवेदनशील क्षणमा यी नेताले जो सम्झौता कायम राखे, त्यो परिस्थिति आज पनि रहेको छ ।

ठूलो उद्देश्य, सामान्य एजेन्डा

विघटिन सोभियत संघको विदेश मन्त्रालयमा काम गरिसकेका चुके निकोलाई सोकोभ भन्छन्, ‘यदि इतिहासमा यस्ता कुनै बैठकको कुरा गर्ने हो भने सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडी र सोभियत नेता निकिता ख्रुस्चेभबीच यस्तै बैठक भएको थियो ।’ सोकोभले अमेरिका र सोभियत संघबीच परमाणु हतियारको विषयमा भएको वार्तामा समेत काम गरेका थिए । दुवै देशका नेताबीच अस्ट्रियाको राजधानी भियानामा भएको शिखर बैठकलाई इतिहासकारले असफल वार्ताका रूपमा चित्रित गर्ने गरेका छन् ।

जोन एफ केनेडीले अमेरिकी राष्ट्रपतिको पद सम्हालेको चार महिनापछि बिनातयारी ख्रुस्चेभसँग वार्ता गरेका थिए । तर, ६७ वर्षीय अनुभवी नेता ख्रुस्चेभ केनेडीमाथि हाबी भए ।

क्युबाको मिसाइल संकट

सोकोभले भने, ‘यो शिखर सम्मेलनको असफलताले एक प्रकारले क्युबा मिसाइल संकट, बर्लिन वाल र भियतनाम युद्धमा हालत पैदा गरिदियो । यदि, यसको तुलना ट्रम्प र किमसँग गर्ने हो भने धेरै प्रेरणादायक छैन ।’

क्यालिफोर्नियाको परमाणु प्रसार निरोध अध्ययनका लागि चलिरहेको जेम्स मार्टिन सेन्टरमा शोधकर्ताका रूपमा काम गरिरहेका सोकोभ अपेक्षा कम गर्नुपर्ने बताउँछन् ।

राम्रा मान्छे र खराब मान्छे

ट्रम्प र किम जोङ उनबीच हुने वार्तालाई हेर्दा अर्को एक ऐतिहासिक कुराकानी आउँछ । यो कुराकानी पूर्वअमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र चीनका सर्वोच्च नेता माओत्से तुङबीचको हो । कुनै पनि एसियाली देशसँगको दशकौं लामो शत्रुतापछि कुनै पनि अमेरिकी राष्ट्रपति त्यस देशमा पुगेका थिए । दुवै देशबीचको यस्तो दुस्मनी थियो कि निक्सन चीन आउँदा पनि उनलाई माओले भेट््छन् या भेट्दैनन् भन्ने स्पष्ट थिएन ।

क्यालिफोर्नियाको मोन्टोरीमा मिडिलबरी इन्स्टिट्युट अफ इन्टरनेसलन स्टडिजका जानकार जेफरी लेविस सम्झन्छन्, ‘चीनसँग पहिलेदेखि नै परमाणु हतियार भएका कारण अमेरिकालाई एक कम्युनिस्ट चीनलाई स्वीकार गर्नुमा कुनै समस्या भएन ।

परमाणु हतियार ती कारणमध्ये एक थियो, जसका कारण अमेरिकाले चीनलाई एक महŒवपूर्ण देश मान्यो र नजरअन्दाज गरिरहन सकेन । मलाई लाग्छ कि उत्तर कोरियाले यो सबक सिकेको छ ।’

आफ्नो दुस्मनको पहिचान

आइसल्यान्डमा सन् १९८६ मा रोनाल्ड रेगन र मिसाइल गोर्बाचोभबीच भएको वार्तालाई हेर्ने हो भने आफैं किम र ट्रम्पको वार्ताको याद आउँछ । राष्ट्रपति रेगनले सोभियत संघलाई ‘सैतानी साम्राज्य’को संज्ञा दिए पनि यो बैठकमा पुगेका थिए ।