लघु कथाकार रोदन पुरस्कृत

काठमाडौं / रास– ‘डम्बरकुमारी–गणेश कोइराला आख्यान पुरस्कार’बाट साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ पुरस्कृत भएका छन् । डम्बरकुमारी–गणेश कोइराला साहित्यिक प्रतिष्ठनले राजधानीमा आइतबार आयोजना गरेको सो कार्यक्रममा साहित्यकार भागीरथी श्रेष्ठले रोदनलाई सो पुरस्कार प्रदान गरिन् ।

लामो समयदेखि लघुकथा लेखन र यसको प्रवद्र्धनमा सक्रिय योगदान दिँदै आएकाले लघु कथाकार रोदनलाई सो आख्यान पुरस्कार प्रदान गरिएको आयोजक मन्दिरा मधुश्रीले बताइन् । उनले बुबा आमाको नाममा यो पुरस्कार स्थापना गरेकी हुन् । कार्यक्रममा बोल्दै कवि तथा गीतकार एसपी कोइरालाले पुरस्कृत व्यक्तित्व ‘रोदन’को लघुकथा लेखन सशक्त भएको बताए ।

कार्यक्रममा कथाकार माया ठकुरी, गणेश कोइराला, श्रीओम रोदन, कुमार कोइराला र तुलसीहरि कोइरालाले नेपालमा आख्यानको अवस्थाबारे चर्चा गरे ।