द क्रिएसनका विद्यार्थीको थरीथरी फेसन सो

राजधानी समाचारदाता

काठमाडौं

 ‘फेसन नोभा २०१८ : सिजन ७’ मा विभिन्न सिक्वेन्समा मोडलहरूले विविध फेसन प्रस्तुत गरेका छन् । राजधानीमा सम्पन्न यो फेसन सोमा गर्मी लक्षित विभिन्न ७ सिक्वेन्समा मोडलहरूले फेसन प्रस्तुत गरे ।

द क्रिएसन इन्स्टिच्युट अफ फेसन डिजाइनले आयोजना गरेको फेसन सोमा सो इन्टिच्युटका डिजाइनर रुनिश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योती अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जमुना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टले तयार पारेका पहिरनहरू प्रदर्शन गरियो ।

फेसन सोमा ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिस्टिक, ब्राइडल तथा कक्टेल वेयर सिक्वेन्समा विभिन्न पहिरनहरू प्रदर्शन गरियो ।

फेसन सोमा पूर्वमिस नेपाल रुवी राणा, अभिनेत्रीहरू रक्षा श्रेष्ठ, रेनुकासिंह ठकुरी, अभिनेता पृथ्वीराज प्रसाईं, मोडल दीपक घिमिरे, निलम चन्द तथा बाल कलाकार कुशाग्र भट्टराईले ती सातवटा थिममा सिक्वेन्स सोस्टपर्सका रूपमा क्याटवाक गरे । उनीहरूलाई डेढ दर्जन व्यावसायिक मोडलहरूले क्याटवाकमा साथ दिएका थिए । जेनिफर बज्राचार्यद्वारा संयोजन गरिएको सोमा विपना थापाले कोरियोग्राफी गरेकी हुन् । फेसन सोको क्रममा हास्य अभिनेता तथा जादुगर महादेव त्रिपाठी, गायिका सिर्जना गुरुङ, गायक ध्रुव विश्कोले गीत–संगीत प्रस्तुत गरे । फेसन डिजाइन क्षेत्रलाई प्रवद्र्धन तथा व्यावसायिक रूपमा विकास गर्न द क्रिएसनले यो फेसन सो आयोजना गरेको संस्थाकी अध्यक्ष मनिता थापाले बताइन् ।