नारायणघाटमा मेघा ओल्ड ईज गोल्ड म्यूजिकल इभिनिङ कन्र्सट २०१८ हुँदै

काठमाण्डौं

रोटारी क्लवको आयोजनामा नारायणघाटमा यही असार २,गते शनिवारका दिन ‘मेघा ओल्ड ईज गोल्ड म्यूजिकल इभिनिङ कन्र्सट २०१८’ हुँदैछ ।
विशुद्ध च्यारीटि शो कार्यक्रम भएकोले उक्त कार्यक्रमबाट संकलित रकम चेपाङ्ग समुदायको स्वास्थ्थ र शिक्षाको लागि खर्च गरिने आयोजक टिमले बताए ।

कार्यक्रममा नेपाली पप संगितीक क्षेत्रका १३ जना चर्चित गायक तथा गायिकाहरुको सदावहर तथा हिट गीतहरु प्रस्तुत गरिनेछ । कार्यक्रममा गायकहरु हरिश माथेमा,बबिन प्रधान, भिम तुलाधार, संजय श्रेष्ठ, जेम्स प्रधान, सचिन रौनियार, ज्योति घिमिरे, कबिन्द्र श्रेष्ठ (स्काई ब्याण्ड ), पुन्यम प्रधान, रविन महर्जन, विश्व प्रधान र उदेश श्रेष्ठको साथै क्रसरोड ब्याण्डको बेजोड प्रस्तुती रहनेछ ।

यस संगितीक कार्यक्रममा भाग लिएका कुनै पनि गायक तथा गायिकाले पारिश्रमिक नलिने र कार्यक्रमबाट संकलन भएका रकम चेपाङ्ग समुदायको स्वास्थ्थ र शिक्षा जस्ता विषमा आर्थिक सहयोग गरिने आयोजक टिमको मुल उद्देश्य रहेको छ । संगितीक कार्यक्रम बेलुका पाँच बजेदेखि नारायणघाटस्थित सेन्ट्रल पल्म होटलमा हुने जानकारी आयोजक टिम सदस्य तथा गायक रविन महर्जनले जानकारी दिए ।