गुणात्मक शिक्षाको सवाल

गुणात्मक शिक्षाको सवाल


रमेशप्रसाद गौतम

 

आजको समाजले क्वालिटी एजुकेसनको चाहना गरेको छ । यसका लागि पर्याप्त मात्रामा दक्ष शिक्षक आधुनिक भवन, प्रयोगशाला, आवश्यक आर्थिक स्रोत आदिको खाँचो पर्छ । अनि मात्र गुणस्तरीय जनशक्तिको उत्पादन हुन्छ । शिक्षामा राष्ट्रिय नीति निर्माणपूर्व बृहत् छलफल, गोष्ठी, अन्तत्र्रिmया, राजनीतिक दलबीच बसेर राष्ट्रिय चाहना र आवश्यकताको महसुस गरी सोहीअनुरूप शिक्षालाई अघि बढाउने प्रतिबद्धता जाहेर हुनु जरुरी छ । नेपालमा शिक्षा सुधारका लागि २०१० सातदेखि हालसम्म धेरै वटा आयोग गठन भए र तिनले प्रतिवेदन बुझाए तर प्रतिवेदनले पूर्णता पाउन सकेनन् । कतिपटक नीति निर्माणमा पछि पनि सबै सरोकारवाला पक्ष मिलेर प्रभावकारी कार्यान्वयनका निम्ति आर्थिक, प्रशासनिक तथा दीर्घकालीन सोचको विकास हुन सकेन । यस अवधिमा बृहत् छलफल र बहस केवल औपचारिकतामा सीमित भए । गुणस्तरीय शिक्षा विकासमा खासै चासो रहेन । शिक्षा प्रणालीलाई विद्यार्थीको रुचि र क्षमतासित जोडने काम भएन । शिक्षाको मूल मर्म भनेकै बालबालिकामा अन्तर्निहित प्रतिभाको विकास गराउनु नै हो ।

शिक्षण संस्थाहरू हचुवा भरमा खोलिएका छन् । शैक्षिक मापदण्डअनुरूपका देखिँदैनन् । सरसर्ती हेर्दा यी शिक्षालयहरू रोजगारीका लागि खोलिएको भान हुन्छ । यसरी बिग्रँदै जानुमा जगदेखि नै ध्यान नदिनुले गर्दा नै हो । अधिकांश प्राथमिक विद्यालयहरू अत्यन्त दयनीय अवस्थामा चलिरहेका छन् । यस्ता सरकारी विद्यालयका सरोकारवाला निकाय संवेदनशील छैनन् । मुलुकमा राजनीतिक अस्थिरता र अराजकता तीव्र्र गतिमा बढिरहेको छ । यसले गर्दा शिक्षाका साथै समग्र देश नै अस्तव्यस्त छ । मुलुक सामाजिक मूल्य मान्यता, विधि पद्धति र प्रक्रियामा चलेको छैन । भ्रष्टाचार र दण्डहीनता तलदेखि माथिसम्म संस्थागत रूपमा मौलाउँदै आएको छ । जिम्मेवार पदाधिकारी निहित स्वार्थमा तल्लीन छन् । यो स्थितिमा समृद्ध, आधुनिक र न्यायपूर्ण नयाँ नेपालको कल्पना कसरी गर्ने ?
संविधान सभामार्फत नयाँ संविधान निर्माण भएर केन्द्रीय, प्रान्तीय र स्थानीय निर्वाचन सम्पन्न भयो । सबै तहमा सरकार गठन भएर पनि अझै स्थिर शासन पाउन सकिएको छैन । राजनीतिक सहमतिको दिशा अझै कमजोर छ । राजनीतिक सहमतिको दिशामा खासै अघि बढ्न सकिरहेको छैन । २०६२÷६३ को लोकतान्त्रिक जन आन्दोलनपछिको संघीय शासन पद्धतिअनुरूपको सरकारले देश शान्ति प्रक्रियामा अघि बढछ, त्यसमा जनताले अमनचैनको सास फेर्नेछन, देशमा आर्थिक सामाजिक रूपान्तरण हुनेछ भन्ने आशा निराशातर्फ धकेलिँदै छ । शिक्षामा समानता र गुणस्तरीयताका कुरा केवल कागजमा सीमित छ ।
शिक्षाको उद्देश्य व्यक्तिमा निहित क्षमतालाई उजागर गरी सक्षम नागरिक तयार गर्नु हो । २०४६ सालको जनआन्दोलनपश्चात् बहुदलीय व्यवस्था स्थापना गरी गुणात्मक शिक्षाको प्रक्रियामा जोड दिइँदै आएको छ । यसै सन्दर्भमा सबैका लागि शिक्षा भन्ने अन्तर्राष्ट्रिय अवधारण पूरा गर्न प्राथमिक शिक्षामा सबैको अधिकार सुनिश्चित गर्ने कार्यक्रम सुरु भएता पनि अहिलेसम्म खासै सार्थक देखिँदैन । अझै ३ लाख बालबालिका विद्यालय जानबाट बिमुख छन् । राज्यले नारामुखी कार्यक्रम ल्याएर केही हँुदैन । नागरिकका लागि स्तरीय र सर्वसुलभ शिक्षाको खाँचो छ ।

नेपाल गाउँ नै गाउँ र गरिबीले भरिएको देश हो । यस्तो अवस्थामा आर्थिक सम्वृद्धि नभई उँभो लाग्न सक्दैन । आर्थिक समृद्धिका लागि उचित शिक्षाको बन्दोबस्त हुनुपर्छ । उचित रूपमा प्रदान गरिएको शिक्षाले नै स्वावलम्बी विद्यार्थी उत्पादन हुने हो । तिनै विद्यार्थी नै राष्ट्रका उज्वल भविष्यका आधार बन्ने हुन् । हरेक विद्यार्थीभित्र रहेका क्षमतालाई उजागर गरी सक्षम नागरिक बनाउने काम शिक्षाको भएकाले स्थानीय सीप र ज्ञानको उपयुक्त समायोजन गरी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको उत्पादनसमेत गर्न सक्नुपर्छ । अनि मात्र राष्ट्रले उत्पादनशील, उत्तरदायी जिम्मेवार नागरिकको निर्माण गर्न सक्छ । अनि मात्र गुणात्मक शिक्षाको विकाससँगै २१औं शताब्दीको राष्ट्रसामु देखापर्ने चुनौतीहरूको सामना गर्न सक्छ । प्रत्येक विद्यार्थीमा देखिने क्रियाशीलता उसमा अन्तर्निहित गुणमा निर्भर गर्छ । यसबाट सकारात्मक परिवर्तन आई नवीनतम प्राप्तितर्फ उन्मुख हुँदै जान्छ । यसका लागि अन्तरनिहित सामथ्र्य अनुरूप कर्मप्रति प्रवृत्त हुनु जरुरी छ । पूर्वीय परम्पराका सबै ज्ञानधारामा विद्याको धारणा व्यापक रूपमा दार्शनिक धारहरू पाइन्छ, जसले मुक्ति निर्वाणका लागि जीवनपर्यन्त लागि रहेको हुन्छ ।

हरेक विद्यार्थीभित्र रहेका क्षमतालाई उजागर गरी सक्षम नागरिक बनाउने काम शिक्षाको भएकाले स्थानीय सीप र ज्ञानको उपयुक्त समायोजन गरी 
अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको उत्पादनसमेत गर्न सक्नुपर्छ । अनि मात्र राष्ट्रले उत्पादनशील, उत्तरदायी जिम्मेवार नागरिकको निर्माण गर्न सक्छ

यहाँ ‘अविद्या नै बन्धन हो । यो नै जीवनको दुःखको कारण हो । यसबाट मुक्ति नै जीवनको सार्थकता हो । यहाँ राम्रो कर्म गरे राम्रो फल पाइन्छ’ भन्ने हुन्छ । तर, कहिलेकाहीँ न्यायी र विवेकले दुःख पाइरहेको र अन्यायी र अविवेकीले सुःख पाइरहेको देख्दा मनमा भ्रम पनि उत्पन्न हुन सक्छ । मानिसले सुखी हुने चाहनामा नै सभ्य र शिष्ट तरिकाले जीवन बिताइरहेका हुन्छन् । जीवन र जगत देखेका भोगेका कारणबाट कहीँ विचलन नभई नराम्रो गर्नेको जीवन खुसी र सुखी देखिए तापनि भित्र दुःखी र असन्तोषी जीवन बिताइरहेका हुन्छन् । जो अध्यात्मिक मार्गमा लागेका हुन्छन् । तिनको आत्मा र परमात्माको समागमको बिन्दुमा पुगी जीवनयात्रा सुखमय बन्न पुग्छ भन्ने विश्वास हुन्छ ।

मानिस कतिको क्रियाशील, कतिको जिम्मेवार र इमानदार छ भन्ने कुरा उसका स्वाभाविक गुण र योग्यताबाट निर्धारित हुन पुग्छन् । ऊ स्वतन्त्र प्राणी हो, ऊ जीवन्त आत्मा समानमा रमाउन चाहन्छ । आध्यत्मिक महत्ता र सामथ्र्य पनि आत्मज्ञान र आन्तरिक सत्यताबाट नै उब्जने हो । मानिसका जैविक मनोवैज्ञानिक, सामाजिक आर्थिक र सांस्कृतिक विकासबाट नै आध्यात्मक आवश्यकताको बोध हुने हो । यसैबाट धर्म, अर्थ, काम, मोक्षजस्ता पक्षलाई शिक्षा व्यवस्थाले अंगीकार गरेको हुनुपर्छ । धर्म सामाजिक विधिको सार तत्व हो, काम र अर्थ पुरुषार्थको उपलब्धिका रूपमा हेर्न सकिन्छ भने मोक्ष सबै किसिमका बन्धनबाट मुक्तिको मार्गतर्फ उन्मुख भई आफूलाई समभावमा पु¥याउनु नै हो । शिक्षा त्यो प्रक्रिया हो जसले विद्यार्थीको अन्तर मनमा उपरोक्त सकारात्मक पक्षको प्रस्फुटन गराउँछ ।

अहिले नेपालको शिक्षा व्यवस्थामा देशका बुद्धिजीवी र तमाम जनताले सोच्नुपर्ने बेला आएको छ । हाम्रा गाउँ र सहरका विद्यालय सपार्ने जिम्मा हामी साधारण जनताको पनि हो । एकोहोरो सरकार वा विद्यालय व्यवस्थापन समिति वा शिक्षक विद्यार्थीमाथि मात्र दोष थोपरेर विद्यमान शिक्षाका समस्या समाधान हुनेवाला छैन । तमाम अभिभावक संस्थागत विद्यालयप्रति आकर्षित छन् ।