पहिरोमा १३ को मृत्यु

ढाका / एजेन्सी– दक्षिणपश्चिमी बंगलादेशको दुई वटा जिल्लामा भारी वर्षापछि गएको पहिरो परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । मंगलबार बिहान सबेरै दक्षिणपश्चिमी बंगलादेशका दुईवटा जिल्ला यो प्रकोप सुरु भएको प्रहरी अधिकारीले बताएका छन् ।

पहिरोमा परी ढाकाबाट २९२ किलोमिटर टाढा रहेको रनगामती जिल्लामा ११ व्यक्तिको मृत्यु भएको बताइएको छ । त्यसैगरी, कोक्स बजार जिल्लामा गएको पहिरोमा परी एक रोहिंग्या शरणार्थीसहित दुई जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । राजधानी ढाकाबाट करिब २९२ किलोमिटर दक्षिणपूर्वमा पर्ने यस इलाकामा म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वका कारण विस्थापित भएका छन् ।