रोमियो एन्ड मुनाको ‘राक्षसी’ रूप रिलिज

राजधानी समाचारदाता

काठमाडौं

अभिनेत्री श्रृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको मुख्य भूमिकामा रहेको चलचित्र ‘रोमियो एन्ड मुना’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले चलचित्रको राक्षसी रूपवाला पोस्टर सार्वजनिक गरेको हो ।

चलचित्रको केही समयअघि बक्सवाला पोस्टर रिलिज गरिएको थियो । यसको चर्चा सेलाउन नपाउँदै निर्माण युनिटले आफूभित्रको राक्षसीलाई चिन्नुस् र निकाल्नुस् भन्ने ट्यागलाइनसहित नयाँ पोस्टर रिलिज गरेको हो । राक्षसी रूपवाला पोस्टर कम्युटर ग्राफिक्सबाट तयार गरिएको हो । ११ साउनदेखि प्रदर्शनमा आउने चलचित्र ‘रोमियो एन्ड मुना’मा विनय र श्रृष्टिका साथै पोस्टरमा देखिएको मोन्स्टर अर्थात् राक्षसी रूपको समेत महŒवपूर्ण पात्रका रूपमा देख्न सकिने निर्माता प्रशन्न गोपालीले बताए । चलचित्रमा राक्षस पात्रलाई एउटा बिम्बका रूपमा प्रयोग गरिएको गोपालीको भनाइ रहेको छ ।

नरेशकुमार केसी चलचित्रका लेखक तथा निर्देशक हुन् । कम्युटर ग्राफिक्सबाट चलचित्रका लागि राक्षसी रूपवाला पात्र तयार पारिएको नेपालका लागि यो सम्भवतः पहिलो भएको निर्देशक केसीले बताए । निकै मिहिनेत र संघर्षबाट राक्षसी रूपवाला पात्र तयार परिएको केसीको भनाइ रहेको छ । विनय र श्रृष्टि राक्षसी रूपवाला पात्रका अलवा चलचित्रमा सुष्मा कार्की, सुरक्षा भट्टराई, प्रज्जवलसुजल गिरीलगायतको समेत मुख्य भूमिका रहेको छ ।

भी मोसन पिक्चर्स, पीएमजी पिक्चर्स र केएस प्रोडक्सनको प्रस्तुति रहेको रोमियो एन्ड मुनालाई विनय, प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन् ।