धुम–३ मा एलिना र जयकिशन

काठमाडौं / रास– म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएकी एलिना रायमाझी जयकिशन बस्नेतको लगानीमा निर्माण हुने ‘धुम–३’मा अनुबन्ध भएपछि जयकिशनसँगै देखिने भएकी छन् । यससँगै जयकिशन र एलिनाको जोडी जम्ने सम्भावना बढेको हो ।

पातलो शरीर, हँसिलो अनुहारकी एलिना कोकाकोला फिगरकी छन् । उनको यही सौन्दर्यका कारण जयकिशनले फिल्ममा नायिकाका रूपमा अनुबन्ध गरेका थिए । दर्जनौं भिडियोमा अभिनय गरेर चर्चामा आएकी एलिनाले फिल्ममा जीवन्त अभिनय गर्ने दाबी गरिन्

आउँदो २२ भदौमा प्रदर्शनको लक्ष्यसहित अहिले चलचित्रको सुटिङ भइरहेको छ । जयकिशन र एलिनाका साथै प्रज्वल गिरी, लय संग्रौला, दिनेश डीसी, सोभित बस्नेतलगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।