अमेरिकी प्रेमीको हात समाएर हिँड्दै प्रियंका

मुम्बई / एजेन्सी– बलिउड नायिका प्रियंका चोपडा अहिले प्रेमी निक जोनसँगको सम्बन्धका कारण चर्चामा छिन् । अमेरिकन गायक एवं कलाकार निकसँग प्रियंकाको अफेयरको प्रसंगले भारतीय मिडियामा राम्रै स्थान पाएको छ । ३५ वर्ष पुगेकी प्रियंका १० वर्ष कान्छा निकसँग रोमान्समा रमाएको खबरलाई भारतीय मिडियाले प्राथमिकता साथ छापेको छ । एउटा तस्बिरमा प्रियंका र निक एकअर्काको हात समाउँदै हिंडेका छन् । उक्त तस्बिर निकको एक साथीको विवाह पार्टीमा खिचिएको हो । जहाँ प्रियंका पहेंलो गाउनमा छिन् भने निक सुटमा ।

निक र प्रियंकाको भेट हलिउड सिरियल ‘क्वान्टिको’को सेटमा भएको थियो । त्यसपछि केही समारोहमा उनीहरू सँगै सार्वजनिक पनि भए । प्रियंका र निकको अफेयरको कुरो चलिरहँदा प्रियंकाकी आमाले भने विदेशी ज्वाइँ कल्पना गर्न नसकिने बताएकी छन् । यस विषयमा प्रियंकाको औपचारिक धारणा सार्वजनिक भएको छैन ।