जडिबुडीमा ट्रिपरको ठक्करबाट एकको मृत्यु , एक घाइते

काठमाडौं

जडिबुडीमा टिपरको ठक्करवाट रौतहट घर भइ हाल बनेपा  बस्दै आएकी २४ बर्षीया अस्मिता राजभण्डरीको घटनास्थलमा नै मृत्यु भएको हो । भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ४ ख ३५५८ नम्बरको ट्रिपरले सोही दिशातर्फ आउँदै  गरेको बा ७० प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिंदा  स्कुटर सवार उनको  मुत्यु भएको हो । दुर्घटनामा अर्का एक ब्यक्ति पनि घाईते भएका छन् ।आक्रोशित सार्वसाधरणले ट्रिपरमाथि आगजानी गरेकाछन् । आगो नियन्त्रणका लागि दमकलको प्रयोग भएको थियो ।  दुर्घटनाका दुवै सवारी प्रहरी प्रभाग कोटेश्वरको नियन्त्रणमा रहेकोछ ।