शंकर निर्णायकमा छनोट

काठमाडौं

रास

नेपालका शंकर गौतम अमेरिकाको लासभेगास शहरमा आयोजना हुने ‘विश्व भेट्रान्स टेवलटेनिस प्रतियोगिता २०१८’ मा अन्तर्राष्ट्रिय निर्णायकको रूपमा छनोट भएका छन् । स्वयं शंकरका अनुसार विश्वका ५ हजारभन्दा बढी खेलाडीको सहभागिता रहने उक्त प्रतियोगिता हरेक दुई वर्षमा हुने गर्छ ।

गौतमले यसअघि स्पेनमा भएको संस्करणमा पनि अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरेका थिए । गौतम अखिल नेपाल टेबलटेनिस संघका महासचिव पनि हुन् । प्रतियोगिता ४ असार देखि १० असारसम्म हुनेछ ।