तेक्वान्दो टोली कोरिया प्रस्थान

काठमाडौं / रास– डब्लूटीएफ तेक्वान्दो पार्टनरसिप प्रोग्राममा सहभागी हुन नेपाल तेक्वान्दो संघबाट दुई सदस्यीय टोली मंगलबार दक्षिण कोरियाको मुजु प्रस्थान गरेको छ । जुन १५ देखि २९ तारिखसम्म हुने कार्यक्रममा भुवनबहादुर थापा र जितेन्द्र मेचेले सहभागिता जनाउने छन् । उनीहरूलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा, महासचिव दीपराज गुरुङलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

यस्तै डब्लूटीएफ तेक्वान्दो पार्टनरसिप कार्यक्रममै सहभागी हुन नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) बाट पनि ५ सदस्यीय टोली मंगलबारै दक्षिण कोरियाको मुजु प्रस्थान गरेको छ । जुन १५ देखि २९ तारिखसम्म हुने कार्यक्रममा अशोक खड्का, तिलक लामा, परशुनारायण बोहरा, कर्णबहादुर बोहरा र मोहन विश्वकर्माले भाग लिनेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।