कालिकोटको गगने खोलमा पहिरो, कर्णाली राजमार्गमा अवरोध

प्रेमराज सिम्खडा
कालिकोट

 

पानी संगै आएको पहिरोले कालिकोटको गगने खोलामा पहिरो जाँदा सडक अवरोध भएको छ । गत वर्षवाट लगातार पहिरो खस्ने गगने खोलामा स्थायी रुपको तडवन्धन नहुँदा दिनहुँ यात्रुहरुले सास्ती खेप्नु परेको छ । गएराती सामान्य परेको पानीले पहिरो खसेका कारणले आज दिन भर यातायातका साधनहरु ठप्पै भएका छन ।

चार दिन अगाडी आएको पहिरो पन्छाएर वाटो एकतर्फी वल्ल खुलेपनि फेरी गएराती गाएको पहिरोले पुरै सडकनै छोपेको छ । एक त साँघुरो वाटो त्यसैमा पहिरो आएपछि यातायातका साधन ओहोर दोहोर गराउने वाटो वनाउन पनि समस्या भएको छ । तल खसेका ठुल्ठुला ढुंगाहरु पन्छाउँदा माथिवाट अरु पहिरो खसिरहेकाले वाटो वनाउन पनि झन समस्या भएको प्रहरी निरीक्षक निरोज चौलागाईले वताए । वाटो वन्द भएको सूचना पाए लगतै आफ्नो टोली त्यहाँ पुगेपनि पहिरो खसिरहेकाले केही गर्न नसकिएको बताए ।

पछि स्काईभेटरले सानो वाटो तयार गरेर वल्ल गाडी वारपार गराएका छौ उनले भने । तर आज अलिकति पानी आउने बितिकै फेरी ठुलो पहिरो जाने र वाटो वन्द हुने खतरा रहेको चौलागाईले सुनाए । गत वर्ष भदौमा आएको पहिरोका कारण आज भोली सामान्य पानी पर्दा पनि पहिरो जाने गरेकाले त्यो सड्कमा यात्रा गर्नेहरुलाई निकै जोखिम छ । तल गाडी चलेकै वेला पनि एक ढुंगा आएमा पुरै गाडी सोरेर लाने खतरा वढी छ । गत वर्षको पहिरोले वाटो अवरोध गरेपछि त्यहाँ र्हेन गएका दैलेखका जगत शाहीको माथिवाट खसेको ढुंगाले लागेर घटना स्थलमै ज्यान गएको थियो भने वाटो वन्द हुँदा ट्रक चालकले एक किशोरीलाई वन्धक वनाएर बलात्कार गरी ज्यान समेत लिएका थिए ।