नवलपरासीको तिलकनामा झोलुङ्गे पुल उद्घाटन

रामकुमार श्रेष्ठ
नवलपरासी

नवलपरासीको सुनवल नगरपालिका वडा न ६ तिलकना रहेको विहारी खोलामा मंगलबार झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । करिब ४० लाख ५१ हजारको लागतमा निर्माण गरिएको उक्त पुलको मंगलबार पूर्व राज्यमन्त्री घनश्याम यादवले उद्घाटन गरेका हुन् । उक्त पुल निर्माण पछि तिलकाना, उत्तर खेत, विसाशय र विहारी गरी ४ गाउंका ५ सय घर धुरी बासिन्दा लाभांवित भएको तिलकना झोलुंगे पुल निर्माण उपभोक्ता समितिको अध्यक्ष जमुना परियारले बताए ।

पुल नहुंदा बर्षाको समयमा आवतजावतमा समस्या हुने यस क्षेत्रका बासिन्दाहरु पुल निर्माण पछि निक्कै उत्साही भएका छन् । ८४ दशमलब २ मिटर लम्बाई रहेको उक्त पुल निर्माणका लागि जिल्ला समन्वय समिति नवलपरासी, सुनवल नगरपालिका, हिकोडेफ कावासोती, सुनवल नगरसेवा समाज दुवई, तिलकना टोल संस्था लगायतका सहयोग रहेको पुल निर्माण उपभोक्ता समितिका सचिव खेम बहादुर मल्लले बताए ।