संखुवासभाको चैनपुरबाट तीन जुवाडे पक्राउ

भबिन कार्की
संखुवासभा

संखुवासभा जिल्लाको चैनपुर नगरपालिका ३ सिद्धपोखरी बाट ३ जुवाडे पक्राउ परेका छन् । गोप्य सुचनाका आधारमा मंगलबार राती प्रेमबहादुर खत्रीको घरबाट जुवा खेलिरहेका तीन जुवाडे पक्राउ परेका हुन् ।

इलाका प्रहरी चौकी चैनपुर र अस्थायी प्रहरी पोष्ट सिद्धपोखरीबाट खटिएको प्रहरीले मंगलबार रातको ११ बजे पक्राउ गरेको हो । खत्रीको घरमा खान तलासी गर्दा तेस्रो तलाबाट १६ थान कौडा र नगद १ हजार सहित पक्राउ गरेको हो ।

सोही वडाका भिम बहादुर कार्की वडा नंम्बर ६ का कोषराज दाहाल, वडा नंम्बर २ का पासाङ्ग शेर्पा कौडा खेलिरहेको अवस्थामा कौडा सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए । घर धनी खत्री भने फरार रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तीन जना माथि थप अनुसन्धान भई रहेको प्रहरी कार्यालयका संखुवासभाका प्रहरी प्रमुख श्याम सारु मगर बताए ।