काष्ठमण्डप पुनर्निर्माणका लागि १२ करोड काठमै खर्च

नवीन लुईटेल

ललितपुर

काष्ठमण्डप पुननिर्माणका लागि २० करोड लाग्ने अनुमान गरिएको छ । यसको पुननिर्माणका लागि २० करोड लाग्ने काठमाण्डौं महानगरपालिकाका प्रबक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार १२ करोडको त काठमै खर्च लाग्नेछ ।त्यसपछि काठमा बुट्टा कोर्ने देखि लिएर अन्य सामग्री निर्माणका लागि ८ करोड लाग्नेछ । काठ ब्यवस्थापनका लागि टिम्बर कर्पाेरेसनसँग समन्वय गर्ने तयारी भएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ । समितीका अध्यक्ष एवं प्रदेश सांसद राजेश शाक्यले आफ्नै स्रोत साधनमा काष्ठमण्डप पुर्नर्निमाण गरेर देखाउने वचन दिए । पुराना काठहरु पनि हेरेर प्रयोग गर्न मिल्ने जतिलाई प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ र्।

ती काठलाई हाल त्रिपालले छोपेर राखीएको छ , शाक्यले भने र्, ठूला–ठूला काठलाई हेरेर सानो साइज निकाल्न सकिन्छ । ’ महानगरले काष्ठमण्डप पुननिर्माणको जिम्मा स्थानियलाई दिइसकेको छ । काष्ठमण्डपका लागि आवश्यक पुराना काठलाई पनि छानेर प्रयोग गरिने प्रवक्ता कार्कीले जानकारी दिए । काठको बुट्टा कोर्ने र विभिन्न आकृति बनाउन निकै मेहेनत लाग्ने भएकाले यसमा लगानी पनि त्यत्तिकै बढि हुने प्रवक्ता कार्की बताउँछन् र्। काठको काम गर्ने कालीगढ पाउनै गा¥हो छ ’,उनले भने र्, स्टील र प्लाष्टिकको सामानले गर्दा काठको काम गर्ने मानिस विस्थापीत भएका हुन् । ’ काठको काम हातले गर्ने भएकाले केही महङ्गो र ढिलासम्म लाग्ने उनले बताए । काष्ठमण्डपको पुर्ननिर्माण सुरु गरेको २ वर्ष भित्र सक्ने तयारी छ ।

काठमाडौं महानगरपालिकाले भूकम्पका कारण क्षतिग्रस्त बनेको काष्ठमण्डप पुनर्निर्माणका लागि ५० लाख रुपैयाँ अनुदान दिने भएको छ । महानगरले पुनर्निर्माणका लागि पहिलो चरणमा ५० लाख दिने भएको महानगरका सहसचिव राजेश्वर ज्ञवाली र समितिका अध्यक्ष राजेश शाक्यद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।

सहमति अनुसार पुनर्निर्माणमा महानगरले काष्ठमण्डप पुनर्निर्माण समितिलाई आर्थिक अनुदान र अन्य व्यवस्थापकीय कार्यमा निरन्तर सहयोग गर्ने भएको महानगरका सहसचिव ज्ञवालीले जानकारी दिए । उनका अनुसार आर्थिक अनुदान रकमको खर्च विवरण समितिले महानगरलाई उपलव्ध गराउने छ।
काष्ठमण्डपको पुरातात्विक, ऐतिहासिक तथा प्राचिन महत्वलाई पूर्ववत रहने गरी नक्सा डिजाइन, नक्सा कोर्ने , ड्रइङ गरी पुरातत्व विभागबाट स्वीकृत भए बमोजिम गरिने र त्यसका लागि महानगरपालिकाले सहयोग र समन्वय गर्ने सहमति पत्रमा उल्लेख छ ।सहमति पत्र अनुसार पुनर्निर्माणका लागि नेपाल सरकार, प्रदेश सरकार तथा अन्य व्यक्ति संघसंस्था समेतबाट आर्थिक स्रोत जुटाइने छ । त्यसको समन्वय समितिले गर्ने भएको हो ।
सहमति अनुसार काष्ठमण्डप पुनर्निर्माणलाई छिटो र प्रभावकारी बनाउन काठमाडौं जिल्ला क्षेत्र नम्बर ६,७,८ र ९ बाट निर्वा्चित प्रतिनिधि सभाका सदस्यहरु, प्रदेश नम्बर ३ प्रदेश सभाको काठमाडौं जिल्ला क्षेत्र नम्बर ६ क, ७ क, ८ क र ९ क बाट निर्वा्चित सदस्यहरु र जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख समेत रहेको सल्लाहकार समूह रहेका छन् । सल्लाहकार समूहले आवश्यकता अनुसार काष्ठमण्डप पुनःनिर्माणमा उचित सल्लाह सुझाव दिने सहमती पत्रमा उल्लेख छ ।  पुनर्निर्माणमा एक संरक्षक समूह हुने जसमा समाजका लव्ध प्रतिष्ठित व्यक्तिहरुको संरक्षक समूहमा उपस्थिति रहने सहमति पत्रमा जनाइएको छ ।